मङ्लबार, अशोज १३, २०७७

बुटवलमा भोली देखि लकडाउन

रुपन्देहि : समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण देखिएपछि बुटवल उपमहानगरपालिकाले साउन २९ देखि भदौ ५ गतेसम्म पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरिएको छ ।

बुधबार बसेको आकस्मिक बैठकले बुटवलमा कडाईका साथ लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले बताउनु भयो ।

भोलि देखि अत्याआवश्यक बाहेक अरु सबै ठप्प हुने उपमहानगरले जनाएको छ । भोलि बिहीबार राति १२ बजेसम्म बुटवलमा रहेका लाइ बाहिर जान र बुटवल आउनका लागि समय दिएर आगामी ५ भदौसम्मका लागि पूर्ण रुपमा लकडाउन गर्ने निर्णय भएको उपप्रमुख गोमादेवी आचार्यले जानकार िदिनु भयो

उपमहानगरपालिका र वडा कार्यालय समेत अत्यावश्यक बाहेकका काम नहुने, वित्तिय संस्थाहरुले समय तालिका स्वीकृत गरी खोल्नुपर्ने र दुधका लागि विहान ८ देखि ११ र साँझ ५ देखि ७ बजेको समय तोएिको छ ।हाटबजार लगायतका बढी भिडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेको थियो ।