मङ्लबार, अशोज १३, २०७७

कपिलवस्तुमा संक्रमितको संख्याले ९ सय नाघ्यो

कपिलवस्तु:स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार कपिलवस्तुमा बुधबार साँझ थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगैँ जिल्लामा संक्रमितको संख्या ९ सय १ पुगेको छ ।

गत साउन २६ गते कपिलवस्तु अस्पतालबाट लिइएको ९१ नमुना को रिपोर्ट आएको हो १८ जनामा कोरोना देखिएको र अझै १३ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुलेजनाएको छ। जिल्लाका दुई जना कोरोना संक्रमण बाट ज्यान गएको छ ।