शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

आज पश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, शुक्रबारदेखि मौसम खुल्दै जाने

काठमाण्डाै : मनसुनी न्यून चापीय प्रणाली सक्रिय हुँदा केही दिनयता देशभरको मौसम प्रायः बदली भइरहेको छ ।

अहिले गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । अन्य प्रदेशका एक/दुई ठाउँमा पनि हल्कादेखि सामान्य पानी परेको मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

उहाँका अनुसार बुधबार पश्चिमका केही क्षेत्रमा ठूलो वर्षाको सम्भावना छ । जसले गर्दा बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भन्दै सचेत रहन उहाँले सुझाव दिनुभएकाे छ ।

मौसमविद् शाक्यका अनुसार शुक्रबारदेखि भने मौसम क्रमशः खुल्दै जाने छ । मनसुनी न्यून चापीय प्रणाली सामान्य अवस्थातर्फ फर्किन लागेकाले बुधबार र बिहीबारकाे तुलनामा शुक्रबार मौसम खुल्ने उहाँले बताउनुभयो ।