बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

अर्को सूचना नआएसम्म खेलकुद अभ्यास बन्द, फुटबलको भने नरोकिने

भदौ १ गतेबाट पुनः सुरु हुने भनिएको खेलकुदको अभ्यास अर्को सूचना नआएसम्मलाई स्थगित भएको छ। तर फुटबलको अभ्यास भने रोकिने छैन।

मंगलबार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता डाक्टर युवराज खतिवडाले अर्को सूचना नआएसम्म विभिन्न खेलका अभ्यासमा रोक लगाएको जानकारी दिएका हुन्। गत चैत पहिलो साताबाट रोकिएको विभिन्न खेलको अभ्यासमध्ये केही खेलले पुनः सुरु गरेको थियो। तर कराते लगायत खेलको अभ्यास पुनः रोकिएको हो। सरकारले पुनः खेलकुद गतिविधि बन्द गर्ने भए पनि राष्ट्रिय फुटबल टिमको अभ्यास भने भदौ १ गतेदेखि नै सुरु हुनेछ। सबै खेलाडी, टिम अफिसियल र होस्टेल स्टाफको मंगलबार मात्रै कोरोना परिक्षणको लागि स्वाब संकलन सकिएको छ। बुधबार र बिहीबार सबै खेलाडी, टिम अफिसियल र होस्टेल स्टाफको कोरोना रिपोर्ट आउनेछ।