शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

शिवराज नगरपालिकाका १ सय २३ जनाको सबैको कोरोना रिपोर्ट नगेटिभ

कपिलवस्तु : शिवराज नगरपालिकाको चन्द्रौटाबाट गत आइतबार १ सय २३ जनाको गरिएको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ।

सबैको कोरोना रिपोर्ट नगेटिभ आएको शिवराज स्वास्थ्य शाखाले जनाएको छ ।

साथै स्वास्थ्य कार्यलय कपिलवस्तुका अनुसार आज थप ११ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमित सबै समुदाय स्तरका रहेका छन् ।९८ जनाको रिपोर्ट आउदा ११ जनाको पोजेटिभ आएको हो भने अन्यको नतिजा नेगेटिभ आएको छ ।

गत साउन २१ गते २२६ नमुना संकलन गरिएको थियो। आज देखिएका संक्रमित संगै कपिलबस्तुमा संक्रमितको संख्या ८ सय ७८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुले जानकारी दिएको छ ।समुदाय स्तरमा संक्रमित फैलिएसगैँ आजबाट जिल्लालाई लकडाउन गरिएको छ ।