बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

एकीकृत अखिल नेपाल शिक्षक संगठन अर्घाखाँचीको अनलाईन विस्तारित बैठक सम्पन्न

गणेश बेल्बासे संगम, अर्घाखाँची ।

एकिकृत अखिल नेपाल शिक्षक संगठन अर्घाखाँचीको अनलाईन विस्तारित बैठक आज सम्पन्न भएको छ । अनलाईन बैठक एकीकृत अखिल नेपाल शिक्षक सङठन अर्घाखाँचीका अध्यक्ष युवराज भुसालको अध्यक्षता एवं एकिकृत अखिल नेपाल शिक्षक सङगठनका केन्द्रिय उपाध्यक्ष मान बहादुर पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रमुख अतिथीका रुपमा सम्बोधन गर्दै संगठनका केन्द्रिय उपाध्यक्ष मान बहादुर पाण्डेले वर्तमान समयमा कोभिड-१९ ले शिक्षा क्षेत्रमा पारेको प्रभाव, वैकल्पिक शिक्षण विधी र संगठनले देशव्यापी रुपमा संचालन गरेको पेशागत आन्दोलन तथा कार्यहरुको बारेमा स्पष्ट पार्नु भयो ।

सोही बैठकमा जिल्लाका ६ पालिकाहरुको रिपोर्टिङ समेत प्रस्तुत गरिएको थियो । जसमा धर्मराज खनालले शितगंगा, निलकण्ठ बेल्बासेले पाणिनि, भेषराज खनालले मालारानी, रबिन्द्र खड्काले सन्धिखर्क, सुन्दर सिंह ठकुरीले भुमिकास्थान, रिषी खनालले छत्रदेवको अहिले सम्म भएका संगठनका गतिविधीहरुको रिपोरटिङ प्रस्तुत गरिएको थियो ।

संगठनको जिल्ला उपाध्यक्ष माधवा भुसालको स्वागत मन्तव्यबाट सुरु भएको बैठकमा संगठनका प्रदेश नं. ५ का अध्यक्ष मदन कुमार शर्मा, केन्द्रिय सदस्य सुभासचन्द्र बन्जाडे, सल्लाहकार संयोजक कमल प्रसाद घिमिरे, दिनानाथ पराजुली, भविन्द्र बहादुर खड्का लगाएतका अतिथिहरुले प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियो ।

बैठकले एकीकृत अखिल नेपाल शिक्षक सङ्ठनका विभिन्न विभाग समेत गठन गरेको छ । जसमा रोमा खनालको संयोजकत्वमा ११ सदस्सीय महिला शिक्षक विभाग, चुडामणी केसी ईन्चार्ज र रुद्र पोख्रेलको संयोजकत्वमा ११ सदस्सीय राहत शिक्षक विभाग, खुम बहादुर वस्नेतको संयोजकत्वमा ७ सदस्सीय साविक उच्च मावि शिक्षक विभाग गठन गरेको छ ।

बैठकको संचालन सङगठनका सचिव वसन्त बहादुर खड्काले गर्नु भएको थियो ।

विभागको विस्तृत जानकारी हेर्नुहोस :

ICT विभाग :
कृष्ण जि.सि. सयोजक (सन्धिखर्क)
बलाराम भुसाल सदस्य (मालारानी)
निलकन्ठ बेल्बासे सदस्य (पाणिनि)
रबिन्द्र खड्का सदस्य (सन्धिखर्क)
धर्मराज खनाल सदस्य (शितगङा)

राहत शिक्षक विभाग :
चुडामणी खत्री इन्चार्ज (सन्धिखर्क)
बिष्णु खनाल सह इन्चार्ज (शितगङा)
रुद्र पोख्रेल सं योजक (सन्धिखर्क)
नारायण भुसाल सचीव (मालारानी)
सदस्यहरु :
हरि गन्धर्व (सन्धिखर्क)
कृष्ण पाण्डे (शितगङा)
भोजेन्द्र सेजवाल (छ्त्रदेव)
टंक खनाल (मालारानी)
रोमाकान्थ अधिकारी (पाणिनी)
निमकला सुनार ( भुमिकास्थान)

महिला विभाग :
माधवा भुसाल इन्चार्ज (सन्धिखर्क)
बिमला भुसाल सह इन्चार्ज (छ्त्रदेव)
रोमा खनाल संयोजक (सन्धिखर्क)
सिता बन्जाडे सह संयोजक (पाणिनि)
बिष्णु परियार सचीव (सन्धिखर्क)
सदस्यहरु :
यमि गमाल (भुमिकास्थान)
सरस्वती पौडेल (शितगङा)
करिश्मा खनाल (मालारानी)
शान्ता भुसाल (सन्धिखर्क)
बिमला खनाल (मालारानी)
सरस्वती पौडेल (छत्रदेव)

साबिक उच्च मावि विभाग :
खुम बस्नेत सयोजक (भुमिकास्थान)
मित्र ब. के.सि.सद्स्य (मालारानी)
कृष्ण पन्थी सदस्य (छत्रदेव)
अशोक पौडेल (मालारानी)
मिना आचार्य (सन्धिखर्क)
माधव भुसाल (मालारानी)
सन्तोष के.सि.(सन्धिखर्क)