शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

भोली देखि कपिलवस्तुमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने

  • कपिलवस्तु । जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले भोलि देखि थप कडाइ गर्ने भएको छ ।

समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि स्थिति भयावह हुन नदिनको लागि थप कडाइ गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुद्वारा जारी सूचना मार्फत सम्पूर्ण जिल्लाबासीमा जानकारी गराएको छ ।

जिल्ला प्रशासन कार्यालय तौलिहवामा आज बसेको सुरक्षा संयन्त्रको बैठकले भोलि साउन २७ गतेबाट थप कडाई गर्ने निणर्य गरेको छ ।

आज बसेको बैठकले अति आवश्यक सेवाहरु एम्बुलेन्स तथा शव बाहन सेवा, औषधी, तरकारी, दूध, किराना तथा खाद्य पदार्थको किनबेच बाहेक अरु सबै सेवा बन्द हुने बताइएको छ ।

अति आवश्यक पसल खुल्नको लागि समय तोकिएको छ । साउन ३२ गते गते मध्येराति १२ बजे सम्म विहान ८ देखि १० सम्म २ घण्टा मात्र ती पसल खुल्न पाउने छन् भने अन्य सबै पसल पूर्ण रुपमा बन्द हुने छन् ।

यस अघि जोर विजोर प्रणाली लागु गरी नीजि सवारी संचालन गरिएको भए पनि आजको बैठकपछि अब जोर विजोर प्रणालीमा चलेका निजी सवारी पनि चल्न बन्द हुने छन् भने पूर्व पश्चिम राजमार्ग भएर चल्ने सवारीमा पनि चढ्ने र ओर्लने कार्य बन्द हुने सूचनामा उल्लेख छ ।