मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

पार्टी एकता जोगाउन लागि परेको छु : नेता रायमाझी

अशोक खनाल, सन्धिखर्क ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी कमिटी सदस्य तथा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले युद्ध बिराम गरेरै भए पनि पार्टी एकता जोगाउन आफू लागि रहेको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै टोप बहादुर रायमाझी

प्रेस संगठन नेपाल अर्घाखाँची द्वारा आयोजित पत्रकार सम्मेलनमा नेता रायमाझीले भनेका छन् अहिले नेकपा भित्र देखिएको गुट र उपगुटले कसैलाई फाइदा नहुने भन्दै अहिले देखा परेको गुट र उपगुटलाई युद्ध बिराम गराइ पावर सेयरिङ गर्न नेतृत्वलाई खबरदारी गरेका छन ।

पार्टी एकताको म्यान्डेटमा जे उल्लेख गरिएको थियो त्यसैलाई अक्षरस पालना गर्न नेता तथा कार्यकर्तालाई आह्वान गर्दै अहिले कसैले पनि पार्टी भित्र गुट र उपगुटको राजनीति गर्न नहुने नहुँने बताए । उनले संघिय सरकार र प्रदेश सरकारमा भैरहेको पावर सेयरिङ भइरहेको छ त्यसमा कसैलाई कसैलाई २,४ वटै जिम्मेवारी त कसैलाई केही पनि जिम्मेवारी नभएको बताए ।

उनले नेतृत्वलाई आफ्नो महत्त्वकाक्षा पूरा नगर्न आफुले खबरदारी गरिरहेको भन्दै आन्दोलन र परिवर्तनबाट प्राप्त उपलब्धिलाई रक्षा गरेरै छाड्ने बताएका छ्न ।
पार्टी त फुटको संघारमा पुगि सकेको छ नी किन ढाट्नु हुन्छ भन्ने पत्रकारको प्रश्नमा नेता रायमाझीले भने नेतृत्व पंक्तिले राम्रोसंग बुझेको छ पार्टी फुट्दैन यदि नेकपा पाटी फुट्यो भने सिसा फुटेझै फुट्ने र हामी नेताहरु नायकबाट खलनायक हुने बताए ।

अहिलेको विवाद राजनैतिक र बैचारिक रुपमा नभई विधि र सहमतिमा भएको भन्दै सबैलाई बिधि र सहमतिमा ल्याउन आफू लागि परेको समेत उनले दाबी गरे । अहिले सरकारबाट भएका केही कमि कमजोरीलाई हटाइ सिमा विवाद जस्ता महत्त्वपूर्ण बिषयमा सबै एक ढिक्का भएको भन्दै दुश्मनले हेपिरहेको यस बेलामा दुस्मनका विरुद्ध सबै एक जुट हुन आह्वान गरे ।

जिल्लाको विकास निर्माणमा अब्बल मानिएका नेता रायमाझीले आफुले रास्ट्र र जनताप्रती इमानदारी पुर्बक काम गर्दा गर्दै त्यसका विरुद्ध तथ्य र आधारहिन प्रचार गरेको र जनतामा भ्रम फैलाउन खोजेको बताए ।

नेता चन्द्र बहादुर खड्का बोल्दै

प्रेस संगठन नेपालका जिल्ला संयोजक हिम जिसि लेकालीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेकपाका नेता तथा रास्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का उज्वल जिल्लामा कार्यरत संचारकर्मी लगाएतको उपस्थिति थियो ।

पत्रकार सहित सहभागी महानुभावहरु