मङ्लबार, अशोज १३, २०७७

एसईईको नतिजा प्रकाशनमा केही दिन ढिलाई : परीक्षा बोर्ड

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन प्राविधिक कारणले केही दिन ढिलो हुने जनाएको छ ।

बाढीपहिरो र कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढेकाले नतिजा प्रकाशन गर्दा विद्यार्थी चहलपहल बढ्न सक्ने आँकलनसमेत गरिएको जनाइएको छ ।

सर्टिफिकेटमा कुनै त्रुटि नहोस् भनेर त्यसलाई दोहोर्‍याएर हेर्ने काम भइरहेको र बन्दाबन्दीले गर्दा त्रुटि सच्याउन तत्काल काठमाडौं आउन नसकिने तथा अहिलेसम्म विद्यलयसमेत खुल्ने वातावरण नबनेकोले नतिजा प्रकाशनमा ढिलाई हुने बोर्डका अध्यक्ष प्राध्यापक डा. चन्द्रमणि पौडेलले बताए ।

यसपटक आन्तरिक मूल्यांकनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्ने तयारी भएको छ । बोर्डले यसअघि साउन १५ भित्रै नतिजा प्रकाशित गर्ने जनाएको थियो । विद्यार्थीले प्राप्त गरेका अंकहरू सिस्टममा चढाउने काम भइसकेको छ ।

विद्यार्थीले प्राप्त अंकलाई ग्रेडमा बदलेर रिजल्ट तयार भइसकेको र प्राविधिक त्रुटि पुनः परीक्षण भइरहेको जनाइएको छ ।