शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा-९ लाई वर्षाले छेकेन टोल टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्‍यो (फोटो फिचर सहित)

रातोप्रेस संवाददाता, शितगंगा ।

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ९ ले टोल टोलमा पुगेर सामाजिक दुरी कायम गरी सामाजिक सुरक्षा भत्ता वितरण गर्नुका साथै अन्य सेवा प्रदान गरेको छ । शितगंगा नगरपालिकाको १४ वटा वडाहरु मध्ये ९ नं. वडा भौगोलिक हिसाबले अत्यन्तै ठुलो र विकट वडा मानिन्छ । सोही वडाले नै टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुका साथै अन्य सेवा प्रदान गेरेको हो ।

भत्ता वितरण गर्नुका साथै विविध विषयमा छ्लफल गर्दै

अर्को तर्फ कोभिड-१९ को जोखिम रहेपछि टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडाध्यक्ष भिम केसीले जानकारी दिनुभयो ।

विगत देखि नै वडाले टोल टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको थियो । आर्थिक वर्ष ०७६/७७ को तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता निकासा गरेपछि प्रत्येक टोलमा पुगेर वितरण गरिएको हो ।

वडा कार्यालयमा आई सामाजिक सुरक्षा भत्ता बुझ्न सर्वसाधरणलाई गाह्रो हुने भए पछि वडाध्यक्ष लगायतको टिमले घरैमा भत्ता ल्याइदिए पछि वृद्धवृद्धाहरु खुसी भएका छन् ।

लकडाउनको बेला घर खर्च चलाउन समस्या परेको बेला वृद्धवृद्धाले राहत महसुस गरेका छन् । वडा अध्यक्ष भिम केसीले घरैमा आएर भत्ता दिएपछि परिवारको आर्थिक समस्या तत्काललाई समाधन भएको ८१ वर्षीय वृद्ध आमा धनीसरा मगर्नी थामीले बताउनुभयो । टोलमा पुगेर वडाध्यक्ष लगायतको टिमले घरैमा भत्ता ल्याइदिए पछि वृद्ध वृद्धाहरु खुसी भएका छन् ।

घरदैलोका क्रममा टोलटोलमा पुगेर वडा कार्यालयले घर जग्गाको तिरो, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडाबाट दिईने सिफारिस लगाएतका सेवा सुविधा प्रदान गर्नुको साथै वर्षातका कारण क्षती भएका विभिन्न योजनाहरूको अनुगमन तथा अवलोकन, जनगुनासो सुनुवाई एवं सम्बोधन, प्राविधिक सुविधा सहित कृषि तथा पशु पालक किसानहरुसंग छलफल तथा परामर्श प्रदान गरिएको वडा सचिव हेमन्त कुमार भट्टराईले रातोप्रेस डटकमलाई बताऊनु भयो ।

भत्ता वितरण सहितको घरदैलो कार्यक्रममा वडाध्यक्ष केसीसँगै वडा सदस्य खुम बहादुर लुईचे, वडा सचिव हेमन्त कुमार भट्टराई, वडा सहायक पर्स बहादुर गाहा, सिहं घर्ती, वडा नं. ८ का वडा सचिव हिमलाल भुसाल लगायतको सहभागिता रहेको थियो ।

भत्ता वितरणमा सहभागी टोली

योजनाको अनुगमन गर्दै

घरदैलोमा पुगेर भत्ता वितरण गर्नुका साथै जनगुनासो सुन्दै अध्यक्ष केसी

वर्षातले पुर्‍याएको क्षती

सिद्धारा स्वास्थ्य चौकी

जन जागृति माध्यमिक विद्यालय बाघखोर

गोठ सुधार कार्यक्रमको अनुगमन

खोर सुधार कार्यक्रमको अनुगमन गर्दै

वडाको टोली पैदल यात्रामा

वर्षातले बाटोमा पुर्‍याएको क्षती

विद्यालयको अनुगमनमा टोली

सम्पन्न शौचालयको अनुगमन गर्दै

वडा नं. ९ मा पर्ने विद्यालय

लौरी छहरेको खानेपानी ट्याङ्की

बन्दै गरेको भवनको अनुगमन