मङ्लबार, अशोज १३, २०७७

कपिलवस्तुमा आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

कपिलवस्तु : जिल्लामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको छ ।

कपिलवस्तु जिल्लामा समुदाय स्तरमा कोभिड १९ कोरोना संक्रमण फैलिए पछि कपिलवसतु जिल्ला प्रशासनले भोलि अर्थात साउन २३ गते लागु हुने गरी अत्यावश्यक सेवाका कार्यालय बाहेकका सम्पूर्ण सरकारी कार्यालय , बैंक तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।
भोलि शुक्रबारबाट लागु हुने गरी जिल्ला प्रशासनले साउन ३२ गतेका राती १२ बजे सम्म लागु हुने गरी अति आवश्यक सेवाका कार्यालय बाहेकका सरकारी कार्यालय,बैंक तथा वित्तिय संस्थाहरुको सेवा पूर्ण रुपमा बन्द रहने गरि आदेश गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताउनु भयो ।
कोरोनाको उच्च जोखिममा जिल्ला रहेको र पछिल्लो समय जन सम्पर्क अधिक हुने सरकारी कार्यालय, बैंक ,वित्तिय संस्थाहरुमा कार्यरत कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिएको स्थानिय प्रशासन ऐन २०२८को दफा ६ (३) र संक्रमण रोग ऐन २०२०को दफा ३ बमोजिम २०७७ सावन २३ गते विहान ५ बजे देखि २०७७ साउन ३२ गते राती १२ बजे सम्म लागु हुने गरी निर्देशन दिएको र कोहि कसैले उल्घन गरे कानुन बमोजिम कारबाहि गरिने समेत जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।
साथै मालबाहक ढुवानीका बाहेक जिल्ला भित्र संचालन हुने सार्वजनिक यातायातका सवारी साधनहरु पूर्ण रुपमा बन्द गर्ने र निजि सवारी साधनहरु (मोटर साइकल, स्कुटर समेत) जोरविजोर नम्बरका आधारमा (जोर गते जोर र विजोर गते विजोर) नम्बर संचालन गर्ने निर्णय गरेको छ ।

Image may contain: text that says "नेपाल गह सदिककेय जिल्ला प्रशासन कार्यालय कपिलवसता.लिहवा जिल्ला प्रशासन कार्यालय, मिति २०७७०४।२२ जारी गरिएको अत्यन्त जरुरी सूचना विश्वव्यापी महामारीको कपिलवस्तु वित्तीय संस्थाहरमा फेलिएको (COVID -19) को जनसम्पर्क सरकारी कार्यालय,बैक कर्मचारीहरमा सबैको जानकारीको लागि कानून भएकोले स्थानीय प्रशासन मिति २०७७/०४ા२३ बजे सम्म देहाय हुने व्यहोरा सम्वन्चित छ| पाइएमा जानकारी गराइन्छ गरिने व्यहोरा अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरुबाट गरिने सेवा पूर्ण गर्ने, मालबाहक दुवानीका बाहेक जिल्ला भित्र संचालन सार्वजनिक यातायातका सवारी साधनहरु पूर्ण गर्ने निजी सवारी (मोटरसाइकल स्कुटर जोर गते बिजोर गते बिजोर संचालन गर्ने| दीर्घनारायण 2066168/22 पौडेल प्रमुख जिल्ला अधिकारी हीर्ध तारायण पीडेल"