मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

‘युट्युबरकाे भिडका कारण केयर बाल गृहका बालबालिका असुरक्षित भएपछि उद्धार’

काठमाण्डाै : राष्ट्रिय बाल अधिकार परिषद्ले कपनको आकाशे धारामा रहेको केयर बाल गृहका बालबालिका असुरक्षित भएपछि उद्धार गरिएको जनाएको छ ।

एक शिशु बेबारिसे अवस्थामा भेटिएकाे झुटो घटनापछि बाल गृहमा पत्रकार र चन्दादाताको भिड लागेको र त्यहाँको हल्ला र भिडभाडले केन्द्रमा रहेका ११ जना बालबालिकामा मानसिक र सामाजिक असर पर्ने भएकाले उनीहरुको उद्धार गरिएको बाल अधिकार परिषद्ले जनाएको छ ।

केन्द्रले साउन १२ गते बेबारिसे अवस्थामा एक शिशु भेटिएपछि बाल गृहमा युट्युबर र चन्दादाताको अत्यधिक भिडभाड भएको थियो । तर केही दिनपछि बेबारिसे भनिएको शिशुकी आमा काठमाण्डौमै रहेको खुलेको छ ।