शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

सुनकाे भाउ ताेलाकाे एक लाख नजिक

काठमाण्डाै – सुनको भाउ आज तोलाको ९९ हजार ८ सय रुपैयाँ पुगेको छ ।
आज तोलामा २ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै महँगो हो ।
नेपालमा लकडाउनअघि चैत १० गते तोलाको ७७ हजारमा कारोबार भएको सुनको भाउ लकडाउन खुकुलो भएपछि बजार खुलेको पहिलो दिन जेठ २५ गते तोलामा १० हजार ४ सय बढेर तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसयता उकालो लागेको सुनको भाउले रेकर्ड बनाउँदै गएको छ ।