शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

सीमामा कडाइ नहुँदा, विराटनगरमा समुदायस्तरमा फैलियो कोरोना

काठमाडौं : विराटनगर महानगरपालिका क्षेत्र भित्र दिनप्रतिदिन कोरोना संक्रमित बढदै गएको छ।

संक्रमितको संख्या बढेपछि महानगर क्षेत्र भित्र लकडाउन जारी गरिएको छ।विराटनगर क्षेत्रमा कोरोना फैलनुमा खुला सीमा र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्नु हो। लकडाउन खुलेपछि महानगर बासीले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको प्रोटोकल नअपनाउँदा संक्रमणको दर उच्च दरमा फैलँदै गइरहेको छ। विराटनगर महानगरपालिकामा देखिएका अधिकांश संक्रमितको ट्राभल हिस्ट्री छैन।

महानगरका बासिन्दामा कसरी संक्रमण फैलिन सफल भयो त्यसको जानकारी कसैसँग छैन। संक्रमित थपिएकाको कसैको पनि कन्टयाक ट्रेसिङ पत्ता नलागेकाे विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की बताउँछन्।