शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

दुवै मृगौला फेल भएका भूमिकास्थानका सन्तोष गैरेको जीवन रक्षाका लागि अपिल

दुवै मृगौला फेल भएर मृत्युसँग जुधिरहेका भूमिकास्थान नगरपालिका वडा नं. १० डडुवाका २४ वर्षिय सन्तोष गैरे 

रातोप्रेस डटकम, अर्घाखाँची ।

छोराको दुवै मृगौला फेल भएपछि उपचारका लागि परिवारले अपिल गरेको छ । दुवै मृगौला फेल भएपछि गैरे परिवारमाथि यतिबेला बज्रपात परेको छ । कमाई गर्ने उमेरको लक्का जवान छोराको दुवै मृगौला फेल भएपछि पिडामा परेको हो ।

भुमिकास्थान नगरपालिका- १० डडुवाका २४ वर्षिय सन्तोष गैरे दुवै मृगौला फेल भए पछि मृत्युसँग संघर्ष गरिरहेका छन्।

घरको आर्थिक अवस्था निकै नाजुक रहेका गैरे कपिलवस्तुको एक होटलमा काम गरी जेनतेन जिविका चलाएका उनको दुवै मृगौलाले काम नगरेपछि उनको एक अस्पतालमा उपचार भईरहेको छ ।

२४ वर्षीय सन्तोषको बुटवल स्थित
गौतम बुद्ध मुटु अस्पतालमा नियमित डाइलोसिस भइरहेको छ। डाइलोसिस गर्दा लाग्ने खर्च जुटाउन नसकेर उनको परिवार निकै समस्यामा परेको छ । उनलाई बचाउन डाइलोसिसले मात्र हुँदैन । मृगौला नै प्रत्यारोपण गर्नुपर्छ । मृगौला प्रत्यारोपण गर्न मात्र करिब १० लाख सम्म लाग्ने भएकाले त्यती ठुलो रकम म गरिबले कहाँबाट जुटाउने भन्दै सन्तोषका बुवा नेत्र प्रसाद गैरेले चिन्ता व्यक्त गरे । छोराको दुवै मृगौला फेल भएपछि उनले अहिले उपचारका लागि सबैसँग सहयोगको अपिल गरेका छन ।