शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

नयाँ पाठ्यक्रमले विद्यार्थी र अभिभावक दुबैलाई अन्योलतामा पार्‍यो

काठमाडौं । राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रले यसवर्ष कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने गरी पाठ्यक्रम तयार गरिरहेको छ । कक्षा ११ र १२ लाई विद्यालय तहमा गाभिएसँगै एकपथिय प्रणाली अनुसार पठनपाठन हुनेछ

अब देखि संकाय छैन जसमा विज्ञान संकाय,व्यावस्थापन संकाय,मानविकी संकाय भन्न मिल्दैन । अब विद्यार्थीले उच्च शिक्षामा के पढ्ने हो त्यसका आधारमा विषय छनोट गर्नुपर्छ । तिनवटा विषय नेपाली,अंग्रजी र सामाजिक अनिवार्य विषय हुनेछन् । वाँकी चारवटा समुहमा विभाजन गरीएको छ जसमा ७९ वटा विषय छन् । ति चारवटा समुहबाट तिनवटा विषय विद्यार्थीले अनिवार्य छान्नु पर्ने हुन्छ । अर्को एउटा विषय छनोट भने ऐच्छिक हो । पढ्न सक्छु पढाइमा भार हुदैन जस्तो लाग्यो भने पढ्न पाइन्छ ।

तर, यस विषयमा विद्यालय, विद्यार्थी र अभिभावक भने अझै अनविज्ञ छन । कक्षा ११ मा संकाय प्रणाली हटेको र नयाँ पाठ्यक्रम लागू हुन लागेको छ भन्दा विद्यार्थीहरु अचम्मित परेका छन। कक्षा ११ मा संकाय प्रणाली हट्ने र नयाँ पाठ्यक्रम लागू हुने साथै अब विषय छनोट गर्दा चारवटा समुहबाट तिनवटा विषय विद्यार्थीले अनिवार्य छान्नुपर्ने हुन्छ । यो विषयमा कोही जानकार छैनन् ।

आफ्ना छोराछोरीको भविष्य प्रति चिन्तित हुने धेरै अभिभावक पनि यो विषयमा अनविज्ञ नै छन् । धेरै अभिभावकले पाठ्यक्रम परिवर्तनसंगै अब ११ र १२ पनि माध्यमिक शिक्षा हो तपाइहरुलाइ यसको बारेमा थाहा छ भनेर सोध्दा जानकार नरहेको अभिभावकले बताउने गरेका छन। आफ्ना छोराछोरीको एसईई नतिजा कुरेर बसिरहेका अभिभावकले यो विषयमा धेरै जानकार नरहेको बताए । अब के पढाउनु हुन्छ भनेर सोध्दा संकायअनुसार पढाउने बताउँछन । कक्षा ११ मा संकाय प्रणाली हटेको र नयाँ पाठ्यक्रम लागू हुन लागेको छ भन्दा अचम्मित भए ।

झन अधिकांश विद्यार्थी र अभिभावकलाई कक्षा ११ मा संकाय प्रणाली हटेर नयाँ पाठ्यक्रम लागू हुने जानकार छैनन् ।

विद्यार्थीहरुलाई पाठ्यक्रम परिवर्तनबारे जानकारी नहुनु स्वभाविक मान्न सकिन्छ । तर, कलेजहरु समेत जानकार नहुनु र कतिलाइ थाहा भएर पनि थाहा नपाए जस्तो गर्नु चाहिँ लाजस्पद कुरा हो । एसईईको नतिजा सार्वजनिक नभईकन कलेजहरुले रजिस्ट्रेशन खुलाएर धमाधम संकाय प्रणाली अनुसार विद्यार्थी भर्ना गरिरहेका छन् । जबकि पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम लागू गर्ने र संकाय प्रणाली हटेको जानकारी गराउँदै आईरहेको छ । यसले गर्दा विद्यार्थी र अभिभावकलाइ झन अन्योलमा पारेको छ ।

यस्तै, कक्षा ११ मा भर्नाका लागि नतिजा सार्वजनिक भएपछि नयाँ मापदण्ड बनाउने केन्द्रले बताएको छ । तर, कलेजहरुले न त भर्नाको मापदण्डलाई पर्खे, न त नयाँ पाठ्यक्रम लागू गर्ने विषयमा जानकारी लिए । – ऐडु खबर