शुक्रबार, साउन २३, २०७७

गुल्मीको रुरुक्षेत्रमा पहिरो, एकै परिवारका चार जनाको ज्यान गयो

गुल्मी – रूरूक्षेत्र गाउँपालिका ५ बम्घा आटीपाटा (उल्लीखोला) मा पहिरोमा परेर एकै परिवारका चार जनाकाे ज्यान गएकाे छ ।

पहिरोमा परेर बिना माझी, उहाँका दुई छोरा र एक छोरीको ज्यान गएको वडाध्यक्ष हरि ज्ञवालीले जानकारी दिनुभयाे ।

बिनाका​ श्रीमान राजु बाेटे (माझी ) भने रोजगारीको सिलसिलामा भारतमा हुनुहुन्छ । प्रहरी टाेली घटनास्थल जाँदै गरेकाे इलाका प्रहरी कार्यालय रिडीले जनाएको छ ।