शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

जन्मदिनका अवसरमा शिव खनालले गरे अनाथ बालबालिकालाई सहयोग

रातोप्रेस डटकम, कपिलवस्तु ।

आजभोली धेरै व्यक्तिले आफ्नो जन्मदिन फरक तरिकाले मनाउन थालेका छन । जन्मदिनको अवसरमा हुने अनावश्यक खर्चलाई सामाजिक क्षेत्रमा खर्च गर्नेको संख्या बढ्दै गएको छ । पछिल्लो समय अझ बढी जन्मदिनमा असाहय तथा गरिबलाई सहयोग गरी आफ्नो जन्मदिन मनाउनेको संख्यामा वृद्धि भएको छ।

बालबालिका सँगै सहयोग गरेको खाद्य सामग्री

कपिलवस्तुका एक युवाले आफ्नो जन्मदिनको अवसर पारेर नेपाल बाल संगठनद्धारा संचालित कपिलवस्तु बालगृहका बालबाललिकाहरुलाई शनिबार खाद्य सामग्री वितरण गर्नुभएको छ ।

कपिलवस्तुको बुद्धभूमि न.पा. २ गोरुसिङ्गे बस्ने शिव खनालले कपिलवस्तु बालगृह तौलिहवामा आश्रित २९ जना बालबालिकाहरुलाई राहत पुग्ने गरी खाद्य सामग्रीहरू वितरण गर्नुभएको हो ।

समिक्षा बेल्बासेद्वारा .लड्डु वितरण गर्दै

शिव खनालको श्रीमती समिक्षा बेल्बासे (खनाल) ले खाद्य सामग्री वितरण गर्नुभएको थियो ।

बेल्बासेले बाल गृहमा पुगेर बाल गृहका अध्यक्ष राजु अर्याललाई खाद्य सामाग्री हस्तान्तरण गर्नुभयो ।

बालबालिकाले खुसी व्यक्त गर्दै

फजुल खर्च गरेर जन्मदिन मनाउने परम्परालाई निरुत्साहित गर्दै अनाथ बालबालिकाहरुलाई सहयोग पुगोस भनेर खाद्य सामग्री वितरण गरेको समिक्षा बेल्बासेले बताउनुभयो । जनकल्याण मा.वि. को शिक्षिका समेत रहेकी बेल्बासेले आफनो श्रीमानको २८ औँ जन्मदिन मनाउन उक्त सहयोग गरेको उहाँले बताउनु भयो ।

पछिल्लो समय कपिलवस्तुका अधिकांश व्यक्तित्वहरुले आफ्नो जन्मदिनमा जिल्लाको तौलिहवामा रहेको कपिलवस्तु बाल गृहलाई सहयोग गर्दै त्यहाँका बालबच्चासँग आफ्नो जन्मदिन मनाउनेको संख्या बढ्दै गईरहेको छ।

जन्मदिनमा खाद्य सामग्री वितरण गर्ने शिव खनाल