शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

मैनारी खोलामा पुल बनेपछि स्थानीयबासी खुसी

माधव बेल्बासे, चन्द्रौटा ।

कपिलवस्तुको शिवराज नगरपालिकाको विकट क्षेत्रको रुपमा रहेको मैनार गाउँमा रहेको मैनारी खोलामा पुल निर्माण भएको छ । संघिय सरकारको आर्थिक बर्ष २०७६÷०७७ मा झोलुङ्गे ट्रस निर्माण कार्यक्रम अन्तर्गत रु ३८ लाख ७९ हजार ८ सय रुपैया लागतमा उक्त ट्रस(पूल) निर्माण भएको वडा नं. ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो ।

शुक्रवार पुल उद्धघाट गर्दै मैनारी खोलामा पुल नहुँदा बर्षायाममा आवतजावत गर्न नसकिने अवस्था रहेकाले अब सहज हुने अध्यक्ष सापकोटाले बताउनुभयो । “पहिलो पटक निर्माण गरेको पुल सफल हुन सकेन,यस वर्ष सफल भएका छौ” अध्यक्ष सापकोटाले भन्नुभयो “स्थानियहरुको सहयोगले पुल निर्माण सफल भएको हो,।”मैनारखोलामा गत वर्ष पुल निर्माण भएको र यस वर्ष चन्द्रौटा देखि मैनार गाउँ सम्मको सडक स्तरउन्नती गरिने सापकोटाले बताउनुभयो । थारु समुदायको बाहुल्यता रहेको मैनार,बुलकिया गाउँमा थारु होमस्टे संचालन गर्ने सकेमा पर्यटनको विकास हुने उहाँले बताउनुभयो ।

पुलको उद्घाटन गर्दै शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी चौधरीले पुल निर्माण पछि वडा नं. ३ अन्तर्गत मैनार र बुलाकीका गाउँका ३ सय बढि घर परिवार लाभान्वित भएको बताउनुभयो । पुल नहुदाँ विरामी र सुत्केरीलाई समयमा अस्पताल पुर्‍याउन समस्या रहेकोले अब त्यो समस्याको समाधान भएको उहाँले बताउनुभयो । गाउँवासीलाई वडा कार्यालयमा समेत जान समस्या रहेको बताउदै पुल निर्माण पछि आवतजावतमा सजिलो हुने उपप्रमख चौधरीले बताउनुभयो ।

पुर्व पश्चिम राजमार्ग देखि झण्डै ५ किलोमिटर दुरीमा रहेको उक्त गाउँका नागरिकहरुलाई पुल नहुदा बजार आउन निकै समस्या रहेको स्थानिय आशाराम थारुले बताउनुभयो । सुत्केरी र विद्यार्थीहरुलाई समस्या रहेको थियो थारुले भन्नभयो, ‘बर्षाको बेला बजार जान नसक्ने अवस्था थियो ।’ पुल बनेपछि मैनार बुलाकीया गाउँका विद्यार्थीहरु खुसी भएका छन । पानी परेको समयमा विद्यालय जान नसक्ने अवस्था अब टरेको भन्दै अबका दिनमा नियमित विद्यालय जान सकिने बताएका छन् ।