बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

अध्यक्ष थापाको पहलमा बन्ने भयो विजयनगरको ६ कि.मि. बाटो कालोपत्रे

राम प्रघट कोरी, विजयनगर ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा ६ किलो मिटर बाटो कालो पत्रे निर्माण हुने भएको छ । गाउँपालिकाको वडा नं. ६ मा पर्ने फरेनी चौकदेखि बद्दौर, छुटपाटी हुँदै वडा नं. ५ को डालपुर र देवीपुरसम्म बाटो कालो पत्रे हुने भएको छ ।

गाउँपालिकाकै पहिलो लामो कालो पत्रे बाटोे हुन लागेको हो । ५ नं. प्रदेश सरकारले २०७७ असाढ २९ गते सूचना प्रकाशित गर्दै ठेक्काको लागि आब्हान गरेको थियो । प्रदेश सरकारको बहुवर्षिय योजना अन्तर्गत १० करोडको लागतमा उक्त बाटो कालो पत्रे हुन लागेको हो ।

आफुले पहल गरेको बाटो प्रदेश सरकारले सम्बोधन गरेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभएको छ । मानव विकासको सुचाङ्कमा कपिलवस्तुकै सबैभन्दा पछाडी परेको ठाउँको बाटो बनाउन सहयोग गरेकोमा सबैलाई अध्यक्ष थापाले धन्यवाद दिनुभयो । यता बाटो कालो पत्रे बन्ने भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।