शुक्रबार, साउन २३, २०७७

संचारकर्मी तथा कलाकार अभिनव चौवानकाे मार्मिक तीज गीत बजारमा (भिडियो सहित)

यतिबेला विभिन्न किसिमका तीज गीतहरु बजारमा आएका छन्। तीज पर्वको पनि छुट्टै महत्त्व रहेकोे छ। तीज गीतको विकास हाम्रो गाउँ ठाउँबाट भएको पाइन्छ। त्यसैले तीज गीतहरु पनि हाम्रै गाउँ ठाउँ अनुसारको हुनु पर्दछ। अहिले तीज गीत भनेर बजारमा आएका कतिपय गीतहरुले तीजको झल्को दिन सक्दैनन्। तर पनि निरु आचार्य र अभिनव चौहान गाएको तीज गीतमा पुरै मौलिकता पाउन सकिन्छ । सुभाष ज्ञवाली र निरु आचार्यले बजारमा लिएको तीज गीतमा अभिनव चौहान र निरु आचार्यको आवाज रहेकोे छ भने शब्द आफै अभिनवले सिर्जना गरेका हुन्। त्यसैगरी निरु आचार्यको परिकल्पनामा तयार भएको उक्त गीतमा कृष्ण लामिछानेले संगीत र एरेन्ज गरेका छन। अभिनव, सलिना र प्रीजमले अभिनय गरेको गीतमा सुमन सागर जङ्ग केसिले निर्देशन गरेका हुन् । गोकुल अधिकारीको छायांकन , सुरेश राउतले सम्पादन गरेको गीत मंगलम रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएर सम्झना लामिछाने मगरको आधिकारिक युटुब च्यानलमा आमाले किन्दिएको पछ्यौरी मौलिक तीज गीत बजारमा छ।

भिडियो हेर्नुहोस

तपाईंहरुले धेरै प्रतिक्षा गर्नु भएको “आमाले किन्दिएको पछ्यौरी”बोलको तीज गीत आज सार्वजनिक भएको छ।यस गीतमा मेरो शब्द/ स्वर र अभिनय समेत देख्न सक्नुहुनेछ। सुमन सागर जङ्ग केसीको निर्देशनमा तयार भएको यस गीतमा निरु दिदिले मलाई गाउन साथ दिनु भएको हो।यो गीत हेरेपछि जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन नभुल्नु होला।साथै गीतलाई सेयर गरेर माया गरिदिनु होला।