शुक्रबार, साउन २३, २०७७

४१ जिल्लाका वडा वडामा पुग्यो इन्टरनेट, झण्डै १० अर्बको अप्टिकल फाइबरको काम भने अलपत्र

ग्रामीण दूरसञ्चार कोषको रकम परिचालन गरेर सञ्चालित केही आयोजनामा काम सन्तोषजनक रहे पनि केही आयोजना सुस्त रहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार कोषको रकम परिचालन गरेर सुरु गरिएका कुनै पनि आयोजना तोकिएको समयमा सम्पन्न भएका छैनन् र लक्ष्यअनुसार सम्पन्न हुने सम्भावना पनि कम हुँदै गएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषको रकम परिचालन गरेर अहिले देशैभरिका पालिका, वडा, स्वास्थ्य संस्था, शैक्षिक संस्थालगायतका स्थानमा गुणस्तरीय ब्रोड ब्याण्ड इन्टरनेट पु¥याउने र मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने गरी दुई वटा ठूला परियोजनाको काम गरिरहेको छ । पालिका र विभिन्न सङ्घ संस्थामा ब्रोड ब्याण्ड इन्टरनेट जडानको काम केही सन्तोषजनक भए पनि मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने काम भने अलपत्र परेको छ ।