
रातोप्रेस डटकम । कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नं. १ पत्थरकोट बस्ने माया थापाले आफ्नो श्रीमानको उपचारको लागि सहयोग गर्दिन सबैसँग आग्रह गरेकी छन्। उनको ३० वर्षिय श्रीमान जनक थापा साउन ६ गते घाँस काट्ने क्रममा रुखबाट लडेर मेरुदण्ड भाँचिएको थियो । अहिले उनको भरतपुरमा उपचार भई रहेको छ ।
श्रीमती माया थापाले श्रीमानको उपचार गर्न आर्थिक अभाव भएकोले सबैसँग आर्थिक सहयोग गरि बचाइदिन अनुरोध गरेकी हुन । उनले भनिन, ”मेरा दुइ नन्द र दुइ छोरी छन । उहाँले नै कमाएर रेखदेख गर्दै आउनु आउनु भएको थियो । अब उहाले उपचार नपाए हाम्रो बिचल्ली हुन्छ भन्दै देेश विदेशमा रहने सम्पूर्ण नेपाली आमा बुवा, दिदीबहिनी, दाजुभाइहरु सँग अनुरोध गरेकी छिन ।
रूखमा चड्दा खुट्टा चिप्लिएर ढुङ्गोमा परि घाइते बनेका थापाको अवस्था अहिले अलि सामान्य रहेको तर मेरुदण्डले काम नगरेकोले थापालाई अपरेसन गर्नुपर्ने चिकित्सकहरुको सल्लाह रहेको छ । आर्थिक अभावका कारण अपरेशन हुन सकेको छैन । यदि घाईते थापाको स्वास्थ्य अवस्था जान्न चाहेमा वा आर्थिक सहयोगको लागि तपशिलको मोबाईल नं. मा सम्पर्क गर्न सक्नुहुन्छ ।
सहयोगको लागि
बैंक : सेवा कामना बैङ्क (गोरूसिङ्गे शाखा)
खाता नं. : 02713200143133000001
सम्पर्क नं.: 9867476893
हाम्रो अपिल :कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं.१ पत्थरकोट निवासी माया थापाको श्रीमान ३० बर्षिय जनक थापाको रूखबाट लडेर मेरुदण्ड भाँचिएको छ। हाल उनलाई उपचारको लागि भरतपुर अस्पतालमा भर्ना गरिएको छ । उनको आर्थिक अवस्था निकै नाजुक भएकोले उपचार खर्च जुटाउँन गाह्रो भएको छ । समयमै उपचार हुन सके उनले पुर्नजीवन पाउँन सक्ने हुनाले स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण सहयोगी मनहरुले आर्थिक सहयोग गरि पिडित थापाको उपचारमा थप सहयोग पुर्याइ दिनु हुन हार्दिक अनुरोध गर्दछौ । साथै उनको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौं । – रातोप्रेस डटकम परिवार