बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

नेकपाको विवाद झन् जटिल : ओली र प्रचण्डको आ-आफ्नै रणनीति

काठमाण्डौ – सहमतिको लागि एक महिनासम्म भएको प्रयास पनि सफल नभएपछि नेकपाको विवाद झन् जटिल बनेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यसअघि भएका छलफल निष्कर्षमा पुग्न सकेको छैन ।

पछिल्ला दिनहरुमा नेताहरुबीच आरोप-प्रत्यारोप बढेको छ । सहमति नभएपछि दुवै पक्ष आ-आफ्नै रणनीतिमा जुटेको छ ।

आज बोलाइएको स्थायी कमिटी बैठक टार्ने ओली पक्षको रणनीति छ भने प्रचण्ड र माधव नेपाल समूहले स्थायी कमिटी बैठकबाटै ओलीलाई एक पद छाड्न निर्देशन दिने तयारी गरेको छ ।

हिजो प्रचण्ड र नेपाल समूहको छलफलमा आजदेखि चल्ने स्थायी कमिटी बैठकबाट ओलीलाई एक पद छाड्न निर्देशन दिने सहमति बनेको हो ।

प्रचण्ड-नेपाल समूह जुनसुकै हालतमा आजको स्थायी कमिटी बैठक नरोक्ने निष्कर्षमा पुगेको हो । असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठक सहमतिको लागि भन्दै पटकपटक स्थगित हुँदै आएको छ ।

स्थायी कमिटी बैठकअघि ओली र प्रचण्डबीच आज छलफलको तयारी छ ।
स्राेत उज्यालाे अन्लाइन