शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

नेकपाद्वारा चितवनको चेपाङ बस्तीमा खाद्यान्न वितरण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी चितवनले माडी नगरपालिका ९ कुसुमखोलाको चेपाङ बस्तीमा चामल, दाल, नुन, तेल र आलु बितरण गरेको छ । शनिबार एक कार्यक्रमकाबीच नेकपाको माडी नगर कमिटीले खाद्यान्न वितरण गरेको हो ।

खाद्यन्य वितरण कार्यक्रममा अखिल क्रान्तिकारीका नेताहरु सुदिप पौडेल र सुमन श्रेष्ठले सम्बोधन गरेका थिए। राहत वितरणपछि स्थानीय चेपाङहरु धेरै खुशी भएका छन् ।

यही साउन ४ गते निकुन्ज प्रशासनले माडीको सुकुमबासी बस्तीमा आगो लगाउनुका साथै हात्तिलगाएर घरहरु भत्काइदिएपछि उनीहरु बिचल्लीमा परेका थिए । निकुन्ज प्रशासनले ८ घर भत्काएको थियो भने २ घर आगो लगाएर जलाएको थियो । गरीब सुकुमबासी अल्पसंख्यक चेपाङ समुदायको बस्तीमा निकुञ्ज प्रशासनले आगो लगाएपछि विभिन्न क्षेत्रबाट विरोध भइरहेको छ । गरीब किसान बस्तीमा आगो लगाउने निकुञ्ज प्रशासनको गलत हर्कतका विरुद्ध नेपाल कम्युनिस्ट पार्टी चितवनले यसअघि नै प्रेस विज्ञप्ति निकालेर विरोध गरेको थियो ।