बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

पुर्व विद्यार्थी समाजद्वारा वृक्षारोपण तथा सरसफाई कार्यक्रम

अशोक खनाल, अर्घाखाँची ।
पुर्व विद्यार्थी समाज पाणिनि बहुमुखी क्याम्पस अर्घाखाँचीले क्याम्पसको हाता भित्र विभिन्न जातका फलफुल विभिन्न प्रजातिका बिरुवा लगाउनुका साथै सरसफाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

क्याम्पस प्रमुख बाबुराम शर्माको प्रमुख उपस्थितिमा आयोजित कार्यक्रममा पुर्व विद्यार्थी समाजका अध्यक्ष राम बहादुर चौहान, उपाध्यक्ष शेषकान्त घिमिरे (ओशन), सचीव शिव बेल्बासे, समाजका पदाधिकारी सदस्यहरु समाजसेवी तथा क्याम्पस निर्माण समितिका अध्यक्ष रिषब अधिकारी तथा प्राध्यापक हरुको उपस्थिति रहेको थियो ।

वृक्षारोपण तथा सरसफाइ कार्यक्रम पश्चात आयोजित अन्तरकृया कार्यक्रममा मन्तव्य राख्दै समाजका सल्लाहकार संयोजक तथा पुर्व स्ववियु सभापति प्रेमनारायण गैरेले यो क्याम्पस समुदायमा आधारित सामुदायिक क्याम्पस भएकोले यसको हरेक गतिविधिमा समुदाय नै अपरिहार्य रहेको उल्लेख गर्दै यसको स्तर उन्नति तथा हरेक रचनात्मक कार्यको लागि आफू २४ सै घन्टा खट्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा मन्तव्य राख्दै समाजका उपाध्यक्ष शेषकान्त धिमिरे (ओशन) ले भन्नू भयो पुर्ब विद्यार्थी समाजसँग श्रोत र साधनको अभाव भएको उल्लेख गर्दै पुर्व विद्यार्थीहरु लाई समेटी आफुहरुको केही पारीश्रमिक खर्च गरेरै भए पनि यस क्याम्पसको स्तरउन्नति अतिरिक्त क्रियाकलाप मानसिक तनाव ब्यास्थापन जस्ता महत्त्वपूर्ण क्रियाकलाप गराउन को लागि आफ्नो समाज निरन्तर खटी रहेको उल्लेख गर्दै देश कै अब्बल क्याम्पस बनाउन आफ्नो समाज निरन्तर लागी रहने प्रतिबद्धता ब्याक्त गर्नु भयो।

सोही कार्यक्रममा मन्तव्य राख्दै समाजका अध्यक्ष रामबहादुर चौहानले भन्नू भयो जिल्ला कै शैक्षिक धरोहरको रुपमा रहेको पाणिनि बहुमुखी क्याम्पस पुर्ब विद्यार्थी समाज गठन प्रश्यात समाजले गरेका विभिन्न क्रियाकलापको कारण पनि प्राध्यापक र विद्यार्थीहरुको उच्च मनोबल बनाउन सफल रहेको भन्दै जिल्ला को समग्र बिकाश को लागि क्याम्पस को शैक्षिक स्तर उन्नति, जिल्ला अस्पताल लाई मेडिकल कलेजको रुपमा रुपान्तरण र जिल्लालाई प्रयटन तथा प्रबर्द्धन को रुपमा बिकाश नगरे सम्म अरु जे सुकै गरिने विकासले सार्थकता नपाउने भन्दै सकारात्मक रुपले मार्ग दर्शन गर्न प्राध्यापकहरु लाई अनुरोध गर्नु भयो। साथै समाजको तर्फबाट तत्काल क्याम्पस लाई आबस्यक पर्ने थर्मलगन तथा hand washing corner मेसिन ( हात धुने ठाउँ ) उपलब्ध गराउने प्रतिबद्धता समेत ब्याक्त गर्नु भएको थियोे ।

कार्यक्रमका प्रमुख अतिथी क्याम्पस प्रमुख बाबुराम शर्माले पुर्ब विद्यार्थी समाजले गरेका रचनात्मक कार्य हरुको खुलेरै प्रशंसा गर्नु भयो।