शुक्रबार, साउन २३, २०७७

गायक बिधान कार्कीले आफ्नी मायालुलाई यो तिजमा शिरफुल ल्याएर मख्ख पार्ने (भिडियो सहित)

शिब खनाल, बुटवल ।
नेपाली हिन्दु नारीको बिशेष पर्व हरितालिका तिज लक्षित गित “मख्खै मायालु” नेपाली मौलिक संस्कृतिको महत्व बोकेको तिज गित वजारमा आएको छ । चर्चित गायक विधान कार्कि र लोकप्रिय गायिका पुर्णकला वि सीको स्वरमा सजिएको तीज विशेष गीत मख्खै मायालु सार्वजनिक भएको हो।

मिरा महोत्राको शब्द रहेको गितमा विधान कार्किले लय हालेका हुन ।राजु महोत्राको निर्देशनमा तयार भएको उक्त गीतको म्युजिक भिडियोको सम्पादन अनिश खडकाले गरेका छन्। म्युजिक भिडियोमा यागक विधान कार्कि र मिरा महोत्राको अभिनय र नृत्य देख्न पाइनेछ। उनलाई उक्त भिडियोमा सरश्वती महोत्रा ,नवराज पाण्डे लगायतले ले साथ दिएका छन् ।

नाच्ने गाउने, तडकभडक, हासीमजाक तथा विलौना गरिएका तिज गितकाबिचमा यर्थाथ पारिवारिक परिवेश तथा घरपरिवारको जिम्मेवारीबोधको जिवन्तता बोकेको यो स्वाभिमा क्रियसन युटुवबाट सार्वजनिक भएलगत्तै श्रोता तथा दर्शकमाझ लोकप्रिय बनेको छ ।

तलको लिङ्क खोली हेर्नुहोस भिडियो :

https://www.youtube.com/watch?v=mpchylR9lc4