शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

चीनले मङ्गल ग्रहमा यान पठायाे

काठमाण्डाै – चीनले कोरोना भाइरस महामारीका बीच मङ्गल ग्रहमा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । मङ्गल ग्रहमा चीनले पहिलो पटक अन्तरिक्ष यान प्रक्षेपण गरेको हो ।

चीनको हेनान प्रान्तको वेनचाङ्ग अन्तरिक्ष केन्द्रबाट तियानवेन वान नाम गरेको अन्तरिक्ष यान स्थानीय समयअनुसार दिउँसो १२ बजेर ४० मिनेटमा प्रक्षेपण गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यो अन्तरिक्ष यान आउँदो फेब्रुअरीसम्म मङ्गल ग्रह नजिक पुग्ने अनुमान गरिएको छ ।

सन् २०२१ फेब्रुअरी मा पाँच करोड ५० लाख किलोमिटरको यात्रा गरेर यो यान पृथ्वीमा फर्किने छ । मङ्गल ग्रहमा अन्तरिक्ष यान प्रवेश गरेपछि त्यहाँको वस्तु स्थिति र वातावरणबारे थाहा हुने र माटोको अध्ययन थालिने छ । यो अन्तरिक्ष यानको भार पाँच टन रहेको र यसमा सजिलै मोड्न सकिने सोलार प्यानल जडान गरिएको खबरमा उल्लेख छ ।

चीनले पृथ्वीबाट सबैभन्दा नजिकको मङ्गल ग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको हो । प्रक्षेपण सफलतापूर्वक सम्पन्न भएको भन्दै इन्जिनियर र अरु कर्मचारीले खुसी साटासाट गरेका छन् ।

अमेरिकाले पनि मङ्गल ग्रहको अध्ययनका लागि आउँदो ३० तारिखमा अर्को अन्तरिक्ष यान प्रक्षेपण गर्ने योजना बनाएको छ । नासाले सन् २०३१ सम्ममा मङ्गल ग्रहबाट ढुङ्गा र बालुवाका नमुना सङ्कलन गरेर पृथ्वीमा ल्याउने लक्ष्य लिएको छ ।

मङ्गल ग्रह अभियानमा अहिलेसम्म अमेरिका, रुस, युरोप, जापान र भारत सामेल भए पनि धेरैजसो अभियान असफल भएका छन् ।
स्रोत उज्यालो अन्लाईन