शुक्रबार, साउन २३, २०७७

पुष्पलालका सपना एकीकृत जनक्रान्ति सम्पन्न गरेर पूरा गर्छौं : नेकपा

प्रेस विज्ञप्ती 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नेकपाका संस्थापक महासचिव पुष्पलालको सपना एकीकृत जनक्रान्ति सम्पन्न गरेर पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । पार्टी प्रवक्ता प्रकाण्डले बुधबार प्रेस विज्ञप्ति जारी गरी आफ्नो पार्टीले पुष्पलालले २००६ सालमा स्थापना गरेको कम्युनिस्ट पार्टीको उत्तराधिकारीका रूपमा एकीकृत जनक्रान्ति सञ्चालन गरिरहेको बताएका छन् ।

विज्ञप्तिमा उल्लेख छ, ‘आज साउन ७ गते नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस हो । नेपालमा श्रमजीवी जनताको राजनीतिक पार्टी नेपाल कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनको प्रादुर्भावकर्ता क. पुष्पलाल श्रेष्ठप्रति ऐतिहासिक स्मृति दिवसका सन्दर्भमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी अभिवादनसहित उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘क. पुष्पलाल श्रेष्ठ नेपालमा कम्युनिस्ट पार्टी र सर्वहारा क्रान्तिको प्रथम परिकल्पनाकार नेतृत्व हो । उहाँले तत्समयको निरङ्कुश जहानिया राणा शासन र सामन्ती पञ्चायती निरङ्कुश शासनका विरुद्ध नेपालमा नयाँ जनवादी क्रान्तिको राजनीतिक कार्यक्रम अघि सारेर सङ्घर्ष गर्नुभयो । तत्कालीन समयको नेपाल कम्युनिस्ट पार्टीभित्रको लाइन सङ्घर्षमा कम्युनिस्ट पार्टी, क्रान्ति र नेतृत्वका विरुद्ध षड्यन्त्र गर्ने मनमोहन अधिकारी र केशरजङ्ग रायमाझीको दक्षिणपन्थी राजापरस्त लाइनका विरुद्ध जीवन–मरणको सङ्घर्ष गर्नुभयो । आफूलाई कम्युनिस्ट पार्टी र जनवादी क्रान्तिका पक्षमा अविचलित खडा गर्नुभयो । क. पुष्पलाल श्रेष्ठको महानता, आदर्श, कम्युनिस्ट पार्टी, उत्पीडित वर्ग र सामाजिक क्रान्तिप्रतिको अगाध निष्ठाको हाम्रो पार्टी उच्च सम्मान गर्दछ । कमरेड पुष्पलाल श्रेष्ठको सपनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।’ – रातो खबरबाट

पूरा विवरणका लागि विज्ञप्ती पढ्नुहोस् :