शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

चीनले दियो पोखरी फुट्न सक्ने सङ्केत, भोटेकोशी किनारका बस्ती सार्न प्रशासनको अनुरोध

काठमाण्डाै – चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो पोखरी फुट्न सक्ने भएकाले भोटेकोशीमा बाढीको जोखिम बढेको छ ।

ठूलो पानी परिरहेकाले न्यालममा रहेको पोखरी फुट्न सक्ने जानकारी चिनियाँ अधिकारीले दिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

पोखरी फुटेमा भोटेकोशीमा ठूलो बाढी आएर भोटेकोशी गाउँपालिका, बाह्रबीसे नगरपालिकासहित नदी तटीय क्षेत्रमा ठूलो क्षति हुन सक्ने भएकाले सचेत रहन प्रमुख जिल्ला अधिकारी ढकालले आग्रह गर्नुभएको छ ।

भोटेकोशी किनारमा रहेका बस्ती तत्कालै सार्ने व्यवस्था मिलाउन पनि जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकले आग्रह गरेको छ ।