शुक्रबार, साउन २३, २०७७

नेपालको ईतिहास कांग्रेस कम्यूनिष्टले होइन हाम्रो बहादुरी र तागतले बनाएको ईतिहास हो : सुन्दर गुरुङ्ग

बुटवल । भूतपुर्व गोर्खा सैनिकहरुलाई बिभेद गर्ने र अनागरिक बनाउने निती एवं निर्णयको बिरुद्ध राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध राष्ट्रिय पूर्वसैनिक संगठन प्रदेश नम्बर ५ (लुथम) समितिको आयोजनामा बोल्दै जनमुक्ति युवा महासंघका वरिष्ट उपाध्यक्ष सुन्दर गुरुङ्गले नेपालको ईतिहास कांग्रेस कम्यूनिष्टले बनाएको नभई जनताको बहादुरी र तागतले बनाएको बताएका छन ।

विरोध सभालाई सम्बोधन गर्दै नेता गुरुङ्गले सो कुरा बताएका हुन् । जब सम्म आकाशमा शुर्य रहन्छ तब सम्म गोर्खालिको बिरताको काहानी संसार भर गुन्जिरहन्छ त्यो हो गोर्खाली। जसलाई संसारले स्यालुट गर्दछ संसारले बहादुरको नाममा स्यालुट गर्दछ जसलाई संसारले गोर्खा सौर्यताको नाम स्यालुट गर्दछ । त्यो हो गोर्खाली । जसको शिर कहिल्यै दुश्मन हरुको सामु झुकेन । त्यो हो गोर्खाली । र मलाई गर्ब छ , मलाई गर्ब छ् त्यो गोर्खालीको सपुत गोर्खालीको सन्तान भएर जन्मन पाएकोमा मलाई गर्ब छ  युवा नेता तथा जनमुक्ति युवा महासंघका वरिष्ठ उपाध्यक्ष सुन्दर गुरुङ्गले गोर्खाली को महत्वबारे स्पस्ट पारे । उनले यो ईतिहास नेपालको काङ्रेस कम्निस्टले बनाएको ईतिहास होइन , हाम्रो बहादुरी, हाम्रो तागत र सौर्यताले बनाएको ईतिहास हो भन्दै जनमुक्ति युवा महासंघका वरिष्ठ उपाध्यक्ष सुन्दर गुरुङ्ग बताएका थिए ।

राष्ट्रिय महिला मोर्चा का केन्द्रिय महासचिब धनी आले पूर्व सैनिक हरुलाई राजनीतिक रुपमा अग्रधिकार दिनको निम्ती राष्ट्रिय जनमुक्ति पार्टीले भुपुलाई खम्बाको रुपमा स्थापित गरेको बताए । त्यती मात्रा नभएर पूर्व गोर्खाका परिवारलाई संबिधान सभा सदस्य पनि बनाई सकेको स्मरण गराए ।

पूर्व सैनिक संगठन का केन्द्रिय अध्यक्ष भिम बहादुर राना ले गाेर्खा भर्तिका कारण राज्य तथा राज्यका सञ्चालकहरुले प्रशस्त लाभ लिन सफल भएपनि उनिहरुले भोग्नु परेका समस्याहरुका बारेमा राज्यका सञ्चालकहरुले कहिल्यै भम्भीर आक्रोश ब्यक्त गरे । हिजो दुश्मनको निम्ती उठेको गोर्खाली खुकुरी अब दमन गर्ने साशक बिरुद्ध उठ्न सक्ने पनि चेतावनी दिए ।

बिरोध सभाका प्रमुख बक्ता राष्ट्रिय जनमुक्ति पार्टीका संघिय परिषद उपाध्यक्ष ले गोर्खा भूपू सैनिकले विदेशमा गरेको सेवा र कर्मबापत राज्यले ठूलो रेमिट्यान्स प्राप्त गर्दछ तर भूपूहरूले प्राप्त गर्ने सुविधाप्रति नेपाल सरकारको कुदृष्टि आफूहरूलाई सैह्य नहुने यसको बिरुद्धमा अन्तिम सम्म संघर्स गर्ने बताए। उनले सरकार लाई औल्याउदै मुलुकका लागि रेमिट्यान्स भित्र्याउन ठूलो योगदान गरेका पूर्व सैनिकहरुलाई सरकारले उचित सम्मान गर्नु पर्ने ठाउँ मा उल्टै अनागरिक सरह व्यबहार गरेको मा अब सम्पूर्ण भुपुहरु यही निलो झन्डा मा गोलबन्द भएर यही सरकार बिरुद्ध लड्ने चेतावनी पनि दिएका छन ।

सामाजिक सुरक्षा भत्ता राेक्ने सरकारकाे निर्णयकाे बिराेधमा पूर्वसैनिक संगठन प्रदेश ५ अध्यक्ष क्या बल बहादुर थापा, अल नेपाल भारतीय पूर्वसैनिक कल्याणकारी संगठन जिल्ला अध्यक्ष सुबेदार लील बहादुर केसी, राष्ट्रिय महिला मोर्चा केन्द्रिय महासचिब धनी आले, जनमुक्ति युवा महासंघका केन्द्रिय बरीस्ठ उपाध्यक्ष सुन्दर गुरुङ, अल नेपाल भारतीय पूर्वसैनिक कल्याणकारी संगठन केन्द्रिय सह अध्य्क्ष चन्द्र महत, राष्ट्रिय पूर्व सैनिक संगठनका केन्द्रिय अध्यक्ष क्या भिम बहादुर राना, राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद उपाध्यक्ष दल बहादुर बिरकट्टा लगायतका बक्ताहरुले संबोधन गरेका थिए ।

यही असार १७ गते नेपाल सरकारले निर्णय गरी कार्यान्वयनका लागि स्थानीय तहहरूलाई निर्देशन दिएको भन्दै राष्ट्रिय पूर्वसैनिक संगठनले गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति सहित सडक मा आउनु परेको बल बहादुर थापाले आक्रोश पोखे। बिरोध सभामा कपिलबस्तु, नवलपरासी, पाल्पा र रुपन्देही देखी उल्लेखेनिय पुर्व सैनिकहरुको उपस्थिती रहेको कार्यक्रम संचालन प्रदेश सचीब श्याम बहादुर थापाले संचलन गरेका थिए भने ब्यबस्थापना पूर्वसैनिक संगठन रुपन्देहीले गरेका थिए ।