शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

नर्विच सिटी पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले नर्विच सिटीलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा बर्नलीले ९ खेलाडीमा सिमित नर्विचलाई २–० ले पराजित गरेको हो । नर्विच पहिलो हाफमै ९ खेलाडीमा समेटिएको थियो ।

खेलको ३५ औं मिनेट इमिलियानो बुन्डियाले रातो कार्ड पाउँदा घरेलु टोली १० खेलाडीमा समेटिएको थियो । ४५ औं मिनेटमा जोसिप ड्रिमिकले रातो कार्ड पाएपछि नर्विच ९ खेलाडीमा समेटियो । जसको फाइदा बर्नलीले उठायो । र, पहिलो हाफको इञ्जुरी समयमा क्रिस उडले गोल गर्दै बर्नलीलाई १–० को अग्रता दिलाए ।

खेलको ८० औं मिनेटमा नर्विचका बेन गडफ्रेले आत्मघाती गोल गरेपछि बर्नली २–० ले विजयी भयो । जितसँगै ५४ अंक जोडेको बर्नली लिगको नवौं स्थानमा उक्लिएको छ । रेलिगेसनमा परिसकेको नर्विच २१ अंक जोडेर पुछारमा छ ।