बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

उज्यालो सामाजिक विकास संस्थाको पहिलो बैठक सम्पन्न, दर्ता प्रक्रिया तत्काल अघि बढाइने

अर्घाखाँची । अर्घाखाँची जिल्ला शितगंगा नगरपालिका वडा नं. ११ मा गठन गरिएको उज्यालो सामाजिक विकास संस्थाको तदर्थ समितिको पहिलो बठैक सम्पन्न भएको छ । संस्थाका तदर्थ समितिका अध्यक्ष गणेश बेल्बासेको अध्यक्षतामा शनिवार बसेको बैठकले संस्थाको दर्ता प्रक्रियाका बारेमा छलफल गरेको छ ।

संस्था गठनलाई औपचारिक रुप दिनका लागि तत्काल दर्ता प्रक्रियामा लैजाने निर्णय गरिएको अध्यक्ष बेल्बासेले जानकारी दिए । दर्ता प्रक्रियाका लागि कार्यसमितिमा रहेका सबै पदाधिकारी र सदस्यहरुको आवश्यक कागजपत्र संकलनको जिम्मा संस्थाका सचिव दिपक नेपालीलाई दिइएको अध्यक्ष बेल्बासेले बताए ।

संस्थाको प्रथम विस्तारीत बेठकले कार्यसमितिमा रहेका सबै पदाधिकारी र सदस्यहरुको छलफलबाट विधान तयार पारेको छ । साथै यस अघि संस्थााको लोगोको विषयमा छलफल गरेर लोगो तयार गरेको थियो । अध्यक्षले दिएको जानकारी अनुसार गोलो घेरा भित्र दुई हात मिलाएको माथी एक बलेको दियोको संकेत चित्र समावेश गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा दर्ता गर्नका लागि संस्थाका अध्यक्ष र सचिवलाई पठाउने निर्णय गरेको छ ।दर्ता प्रक्रियाका लागि आवश्यक खर्च समिति भित्रैबाट संकलन गर्ने निर्णय समेत गरिएको छ ।

वडाको विकास र समृद्धिको लागि हातेमालो गर्दै समाजसेवामा अग्रसर रहने उद्देश्यले संस्थाको गठन गरिएको हो ।