शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

अर्घाखाँचीका खुमराज घिमिरे र सम्झना लामिछानेको “होहोनी माया” तिज गीत बजारमा (भिडियो सहित)

गणेश बेल्बासे संगम, अर्घाखाँची ।

नेपाली महिलाहरुको महान चाड हरितालिका तीज हाम्रो घर आगनीमा आईरहेको छ। नेपाली कलाकारहरुले विभिन्न किसिमका गीत सङ्गीतहरु बजारमा जति सक्दो चाडो ल्याउन प्रयत्न गरिरहेका छन । यसै सिलसिलामा अर्घाखाँचीको शितगंगाका लोक दोहोरी कलाकार खुमराज घिमिरे र लामो समय देखि सांगितिक क्षेत्रमा आफ्नो पकड बनाउन सफल अर्घाखाँचीको चर्चित सम्झना लामिछाने मगरले “होहोनी माया” बोलको गीत तिजलाई थप रमाइलो र उर्जा दिन बजारमा सार्वजनिक भैईसकेको छ।

होहोनी मायाको भिडियो हेर्नुहोस :

खुमराज घिमिरेको शब्द संगीत रहेको उक्त गीतमा सम्झना लामिछाने र सुमन सागर जंग केसीको आवाज रहेको छ । कमल सौरागले संगीत संयोजन गरेको गीतको भिडियोमा सुमन सागरको निर्देशन रहेको छ।

अत्यन्तै मनमोहक तथा यो सुन्दर गीतलाई क्यामेरा मेन गोकुल अधिकारीले क्यामेरामा कैद गरेका हुन। यो गीतलाई गायिका सम्झना युट्युब च्यानलले मार्फत सार्वजनिक भएको छ।

उक्त भिडियोमा गायिका सम्झना लामिछाने मगर, गायक सुमन सागर जंग, खुमराज घिमिरे, खड्ग बहादुर पुन, विश्वास नेपाल, विमला कार्की, सर्मिला शर्मा, तिलक कोईराला, सुरज खनाल, सुरेश क्षितीज, बास्मती केसी लगायतको अभिनय रहेको छ ।

सार्वजनिक भएको एक साता नबित्दै २ लाख २४ हजार भन्दा बढी दर्शकले उक्त गितलाई हेरी सकेका छन ।

आमा तिम्लाइ सम्झेर झलझली धुरुधुर रुन्छ मेरो मन , अर्घाखाँची सुपामाइको थान, घर अर्घाखाँचीमा, डाकटर साहेप, मिर्मि जालैमा लगायतका गितबाट चर्चा कमाएका गायक घिमिरेको अब केहि समयमै अर्घाखाँचीको शितगंगाका विविध पक्षलाई समेटिएको गितको म्युजिक भिडियो बजारमा आँउदै छ ।