शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

सुनको भाउ फेरि बढ्यो,तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार

काठमाण्डाै – सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । आज सुनको भाउ तोलामा ९१ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासघका भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महंगो भएकाले नेपालमा पनि बढेको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ ९ डलरले बढेर १७ सय ९५ डलर पुगेको छ । गएको असार १७ गते सुनको भाउले नयाँ रेकड कायम गर्दै अहिलेसम्मकै धेरै  तोलाको ९१ ह्जमर ७ सय रुपैयाँ पुगेको थियो ।

कोरोनाका कारण अस्थिर बनेको सुनको भाउ कहिले घट्ने र कहिले बढ्नै हुँदै हिजो तोलामा ७ सय रुपैयाँ बढेर तोलाको ९० हजार ९ सय तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ९ सय ५५ रुपैयाँ निर्धारण गरिएको शाक्यले बताउनुभयो ।