शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

नेकपाको विवाद मिलाउन सकृय बन्दै रायमाझी धार

काठमाडौं । नेकपामा देखिएको विवाद मिलाएर पार्टीलाई जसरी पनि एकताबद्ध बनाएर अघि बढाउन नेकपा नेता टोप बहादुर रायमाझीको एक धार अगाडी सरेको छ । रायमाझीको नेतृत्वको यो समुहले ओली – प्रचण्डलाई खबरदारी गर्दैै विवाद चर्किने काम नगर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

रायमाझिको यो समुहमा सहभागि एक नेताका अनुसार पार्टमा देखिएको विवाद मिलाउन टोप बहादुर रायमाझी बलिया उमेद्वार हुन् । उनको नेतृत्वमा नेकपाका ११ नेता यो समस्या समाधान गरि पार्टीलाई जसरी पनि एक बनाएर अगाडी बढ्ने अठोटमा छन् । उनिहरुले पार्टीलाई एक बनाउन जस्तोसुकै त्याग गर्न पनि तयार रहेको उल्लेख गरेका छन् ।

नेकपा नेता रायमाझिले भने ‘हामी ११ जना बस्यौं । पार्टीभित्र जुन स्तरको विवाद भइराखेको छ, यसलाई नियन्त्रणमा लिने, साम्य पार्ने र त्यसपछि असहमतिहरुलाई सहमतिमा बदल्दै एकतालाई सुदृढ पार्ने निर्णय भएको छ ।’

नेता रायमाझिले पार्टीमा देखिएको विवाद मिलाउन आफुहरु सक्षम रहेको भन्दै विरोध र समर्थन गर्न कोही पनि सडकमा उत्रनुनपर्ने बताउनुभयो । रायमाझीले भने, ‘पार्टीभित्रको समस्या पार्टीभित्रै हल गरिनुपर्छ, सडकमा लैजानुहुँदैन । जसले सडकमा प्रदर्शन गरिरहेको छ, त्यो तत्काल रोकिनुपर्छ ।’

पार्टीलाई एकतावद्ध बनाउँदै महाधिवेशनतिर लैजाने मोडलको खोजी गर्ने नेताहरुले बताएको खबर आज समाचारपाटीले प्रकाशित गरेको छ ।