मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

क्वारेन्टाइनका लागी विद्यालयको अर्को विकल्प खोज्नुपर्छ

काठमाडौँ । कोरोना भाइरसका सङ्क्रमित राख्ने गरी सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाउने क्रम बढेपछि यसले शैक्षिक क्षेत्रमा गम्भीर र दूरगामी असर पार्ने देखिएको छ ।

विद्यालयमा क्वारेन्टाइन बनाउँदा विद्यालय पुनः सञ्चालन गर्ने सरकारी नीति कार्यान्वयनमा समस्या आउने, वैकल्पिक विधिबाट पठनपाठन हुन नसक्ने तथा माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको अन्तिम मूल्याङ्कनमा समेत असुविधा भएकाले यसमा विकल्प खोज्नुपर्ने आवश्यकता सम्बद्ध क्षेत्रका व्यक्तिहरूले औँल्याएका छन।

अस्थायी भवनहरु निमार्ण गरेर भएपनि विद्यालयबाट क्वारेन्टाइन सार्नुपर्ने वाध्यता सिर्जना भइसकेको कुरा शिक्षाक्षेत्रका व्यक्ति हरुले वताउने गरेका छन । कोरोनाको कारण देखाइ वाल बालिकालाई शिक्षाबाट वन्चित गर्न नपाइने कुरा बारम्बार उठिरहेका छन ।

हालसम्म चार हजार ५२२ वटा विद्यालयमा क्वारेन्टाइन र ६७ वटामा आइसोलेसन कक्ष निर्माण गरिएको छ । विद्यालयमा अब यसरी नै क्वारेन्टाइन निर्माण गर्ने र अन्य विकल्प नखोज्ने हो भने नेपालको विद्यालय क्षेत्रका पठनपाठनमा नराम्रो धक्का लाग्ने जनाइएको छ । – यो खबर आज रातोपाटीमा प्रकाशित छ ।