बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा बचत कोषद्वारा स्पाईनल मस्कुलर रोगबाट पीडित बालिकालाई सहयोग

युबराज पौडेल, बुटवल।

शितगंगा बचत कोषद्वारा स्पाईनल मस्कुलर भन्ने शरीरको मान्सपेसी सुक्दै जाने रोगबाट पीडित बालिकालाई सहयोग गरेको छ ।

रुपन्देहीको सिद्धार्थनगर ३ निवासी एलिना श्रेष्ठको छोरी सियोना श्रेष्ठलाई कोषको आग्रहमा समाजसेवी सावित्रा राना सारुले रु. १० हजार १ सय नगद सहयोग हस्तान्तरण गर्नुभएको हो।

हस्तान्तरण भेटमा पीडित वालिकाकी आमा एलिनाले आफ्नो छोरीलाई बचादिन सामाजिक संजालमार्फत सबै सघसस्था तथा सहयोगी हरुलाइ पनि आग्रह गरिरहेको सारुले बताइन्।

बालिकाको उक्त रोग निको पार्न करोडौं खर्च हुने डाक्टरहरुले बताएका छन्। पीडित बालिकालाई सबैले सहयोग गर्नेछन् र निको भएर उनी स्वास्थ जिवनमा फर्किनेमा शितगंगा बचत कोषले विश्वास व्यक्त गरेको छ।