शुक्रबार, साउन २३, २०७७

शितगंगा बचत कोषद्वारा शितगंगा नगरपालिकाको राहत कोषमा आर्थिक सहयोग

युबराज पौडेल, ठाडा ।
अर्घाखाँची : शितगंगा नगरपालिकाको कोरोना राहत कोषमा शितगंगा बचत कोषले आर्थिक सहयोग गरेको छ ।

शितगंगा कोषले शितगंगा नगरपालिकाको कोरोना राहत कोषलाई स्वास्थको क्षेत्रमा लामो समयदेखि सेवा गर्दै आउनुभएकी समाजसेवी पुर्णकला राना मार्फत रु. १० हजार एक सय नगद सहयोग हस्तान्तरण गर्नुभएको हो।

कोषको आग्रहमा रकम हस्तान्तरण गर्न नगरपालिकाको कार्यलय पुग्नुभएकी समाजसेवी रानाले क्वारेन्टाइनमा बसिरहेका कोरोना पीडितहरुलाई राहतले थोरै भएपनि सहयोग हुने बताउनुभयो।

यसैगरी नगरप्रमुख सुर्यप्रसाद अधिकारीले सहयोग गर्ने शितगंगा कोष र कोषमा आबद्ध सबैलाई धन्यवाद दिनुभएको थियो ।