शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

भारतमा टिकटक सहित ५९ चिनियाँ एप्समाथि प्रतिबन्ध

काठमाडौं । भारत सरकारले टिकटकसहितका चिनियाँ एप्स बन्द गर्ने निर्णय गरेको छ । टिकटक सहितका ५९ चिनियाँ एप्स बन्द गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एप भारतको सार्वभौमसत्ता र एकताका लागि हानिकारक हुने भन्दै भारत सरकारले प्रतिबन्ध गरेको हो। सेयरइट, युसी ब्राउजर, बाइदु म्याप, हेलो, एमआई कम्युनिटी, युक्याम मेकअपजस्ता एप प्रतिबन्ध भएका हुन् ।

लद्दाखमा भारत र चीनका सेनाबीच भएको तनावमा २० भारतीय सैनिक मारिएका थिए । दुई देशबीच सीमा विवाद बढिरहेका वेला भारत सरकारले चिनियाँ एप्स बन्दको निर्णय गरेको हो । भारतमा चिनियाँ सामान प्रतिबन्ध लगाउनसमेत आवाज उठेको छ । यो खबर नयाँपत्रिका डेलीमा प्रकाशित छ ।