बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

अमेरिकामा चिनियाँ अधिकारीलाई प्रवेश गर्न प्रतिबन्ध

फाईल फोटो

एजेन्सी । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाइएको घोषणा गरेका छन् । पोम्पियोका अनुसार ती चिनियाँ अधिकारीले हङकङको स्वतन्त्रतालाई संकुचित पार्न क्रियाशील भएकाले अमेरिकामा प्रतिबन्ध लगाइएको हो ।

उनका अनुसार अमेरिकी प्रतिबन्ध पार्टीका वर्तमान तथा पूर्वअधिकारीहरूप्रति लक्षित छ । प्रतिबन्धबाट प्रभावित हुने चिनियाँ अधिकारीहरूको नाम भने उल्लेख गरिएको छैन । यो समाचार ई-कान्तिपुरमा प्रकाशित छ ।