बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

विकृतिका विरुद्ध हामी युवाहरु बोल्ने की समर्थन गर्ने

मुलुक अहिले कोरोना –१९ ले क्षतविच्छद अवस्थमा रहेको छ अझ भनौ भने विश्व नै अहिले COVID-19 ले पुराका पुरा क्षतविच्क्षद अवस्थामा रहेका छन् । विश्वका चर्चीत र विकशित देशहरुलाई समेत COVID-19 ले सताएको छ, अहिले सम्म यसको औषधी पत्ता लगाउन सकि रहेका छैन, सबैलाई यसले हैरान पारेको छ ।

यो रोग अहिले यति सारै जटिल भइ दिएको छ की विश्वका विकसित र सम्पन्नशाली मै हुँ भन्ने देशहरुले समेत यसलाई जित्न सकेन उनिहरु समेत COVID-19 का सामु लम्पसार परेर हार महसुस गरीरहेका छन्, दिन प्रतिदिन मृतकको संख्या बढ्दो छ भने सक्रमितको संख्या त झन दिन दुना रात चौगुनाको स्थितीमा आएको छ ।

COVID-19 बाट हाम्रो जस्तो अविकसित मुलुक त झन चोखो रहने त कुरै भएन हामी नेपालीहरुलाई समेत यसले दिन प्रतिदिन गाल्दै गई रहेको छ भने हामीहरुका उद्योग धन्दा, व्यापार व्यवशाय दैनिक कृयाकलाप लगायतका सारका सारा चौपट अवस्थामा पुगेका छन् ।

सक्रमित र मृतकको व्यवस्थापन कसरी गर्ने भन्ने सवालमा तिनै तहका सरकारहरु लागि परेका छन् तर पनि यसले हाम्रा तिनै तहका सरकारलाई खेलाची ठानेको छ उ दिन प्रतिदिन तग्रिदै गइ रहेको छ सक्रमितको संख्या दिनानुदिन बढ्दो क्रममा छ । आज मुलुक लकडाउनको अवस्थामा छ तर हामीहरुका रोजीरोटी र दैनिक गुजाराको व्यवस्थापन तिनै तहका सरकारले गर्न नसक्दा हामीहरु लाचार बन्दै आफ्ना उद्योग धन्दा, पेशा व्यवशाय संचालन गर्न बाध्य भएका छौ भने महामारिका बेला जनतालाई राहात र उर्जा दिनु पर्नेमा दैनिक कामकाज तथा प्रशासनिक व्यवस्थापनमा समेत अफ्ठ्यारो परेको भन्दै कर असुल्ने बहानामा पेशाकर्मीहरुसंगबाट कर असुल्नकै लागी उद्योग धन्दा पेशा व्यवशाय संचालन गर्न बाध्य बनाइएको छ ।

महामारी दिन दुना र रात चौगुना फैलदो क्रममा रहेको अवस्थामा हामीहरुले जुन जोखिम मोलेका छौ पक्कै पनि यो शुभ संकेत चाही पक्कै होइन यसले कतै हामीलाई अझ अफ्ठ्यारो परिस्थितीमा त पार्दैन ? सोच्नु पर्ने भएको छ, मनन गर्नै पर्ने हुन्छ हामी नागरिकले समेत सोच्ने मनन गर्ने विषय बनेको छ तर पनि हामी नागरिक बाध्य भएका छौ, बाध्य बनाइएको छ ।

आज हामीले सुनिरहेका छौ COVID 19 को नाममा दिनानुदिन भ्रष्टाचारका चाङहरु पनि थपिदै छन् रे के यो सत्य होला ? यदि यो सत्य हो भने हामी कुन हदसम्म पुगेका छौ ? सरकार कुन हदमा रहेको छ ? हाम्रा जनप्रतिनिधीहरुको हद आज कहाँ पुगेको हो ? प्रश्न उब्जाएको छ । हुनत यसै महामारीलाई (लकडाउन) लाई उपयोग गर्न हामी भित्रैका केही युवाहरु समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागी भएका हौला, छौ की ? युवाहरुले खेल्नुपर्ने भुमीका समाजमा कम भयो की ? नागरिक खबरदारीता कम भयो की ? तिनै तहका सरकारका जिम्मामा सम्पूर्ण जिम्मेवारी छाड्दा पो यस्तो भयो की ? हाम्रा जनप्रतिनिधीहरुका भरमा मात्रै मुलुकको तालाचापी छाड्दा कतै यस्तो हुन पुग्यो की ? कतै जनप्रतिनिधीकै सहभागगिता त छैन ? मेरो पाटी र तेरो पाटी भन्दै मुख हेराहेरको अवस्था त छैन ? हामीहरुका विच सोचनिय विषय बनेको छ । पत्येक वडा देखि केन्द्र सम्म हामी युवाहरुले नै खवरदारी गर्ने हो भने भ्रष्टाचार केही हदसम्म भएपनि कम गर्न अवश्य सकिन्छ ।

जवसम्म हामी युवाहरुले समाजप्रति खेल्नु पर्ने भुमिकाको अपनत्व गर्न सक्दैनौ वा भनौ हामीहरुका आत्मा सफा रहदैन वा सोच बदल्न सक्दैनौ तबसम्म केही हुन सक्दैन हुदैन पनि । आज हामीले देखिरहेका छौ र भोगी रहेका छौ एकातर्फ COVID-19 जस्तो महामारीले मुलुक आक्रान्त छ भने एकतर्फी हामी मध्येकी युवाहरुबाटै देशलाई लुटतन्त्रमा परिणत गर्ने जमर्को गरिदै, देशमा भएको भ्रष्टाचारलाई मलजल गरिदै छ ।

यसै लकडाउनका विचमा पनि बैध/अवैध धन्दा संचालन गरिएको छ, कतै खोला लुटीएको छ भने कतै जंगल मासिएको छ तिनै तहका सरकार बेखबर छ, सरकारकै संलग्नता छ, जनप्रतिनिधीकै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न छ अझ भनौ हामीले आशा गरेका र युवा जनप्रतिनिधीको यसमा सहभागीता हुनु अभ विडम्बनाको विषय बनेको छ भने अर्कोतर्फी युवाहरुले नै दिनका दिन भ्रष्टाचार तथा खराब कामका विरुद्ध खबरदारी गरिरहेका छन्, खबरदारी जुलुसहरु निकालेका छन् खबरदार गरेका छन् दिनानुदिन सडकमा आइ रहेका छन् राष्ट्र र राष्ट्रियताका पक्षमा नारा जुलुस भएका छन् तर आज उनिहरुको आवाज सुनुवाई भएको छैन गर्ने छाटकाट पनि छैन ।

जवसम्म हामी युवाहरुले आत्मैदेखि सोच बदलेर विशुद्ध समाजीक सेवामा समर्पित रहदैनौ तवसम्म नत देश बन्छ नत हामी बन्छौ देश नबने सम्म हामी बन्ने कुरा पनि भएन । त्यसैले हामी युवाहरु जो जहाँ छ त्यहीबाट विकृतिका विरुद्ध आवाज बुलन्द गरौ खबरदारी गरौ सोच बदलौ टोल बनाउ गाउँ बनाउन समाज बनाउ देश आफै बन्छ ।

लेखक

नारायण बेल्बासे

बुद्धभूमि नगरपालिका-३ कपिलवस्तु