बुधबार, साउन २८, २०७७

अबको दलित आन्दोलन जात व्यवस्थाको अन्त्यका लागि केन्द्रित हुनुपर्छ

आजको एक्काइसौं शताब्दीमा अन्य देशहरु आर्थिक समृद्धि, विभिन्न आबिस्कार र नयाँ नयाँ खोजमा जुटिरहदा हामिहरुभने सानो ठूलो जातको मतमतान्तरमा अल्झिरहेका छौ । अहिलेको यो बैज्ञानिक युगमा पनि हाम्रो समाजमा जातकै आधारमा मान्छे लाई मान्छेको व्यबहार गरिदैन भने त्यो भन्दा लज्जाको बिसय के हुन सक्छ ? र म यो जातकै बिसमा आवाज उठाउदा लाग्छकी कतै म अझै अठारौं सताब्दिमा त छैन ?

अहिले सम्म आउदा इतिहासमा विभिन्न आन्दोलन भए , विभिन्न ब्यबस्था परिवर्तन भए तथापि अझै पनि पुरातन सोचबाट ग्रसित मानसिकता लिएर बाचिरहेका छौ । हामी र हाम्रा पुर्खा हरुले विभिन्न ब्यबस्थाका आन्दोलित भएर ती ब्यबस्था परिवर्तन गरेका छौ । राणा शासनको अन्त्य गर्यौ, पन्चायती ब्यबस्थाको अन्त्य गर्यौ ,राजसस्थाको अन्त्य गरि देशमा गणतन्त्र स्थापना भैसक्दा पनि हाम्रो मानस्पटलमा भएको जातिय सोचको मस्तिष्क क्यान्सरलाई अझै फाल्न सकेका छैनौ ।

कहिलेकाहीँ कथित गैर दलित साथीहरू संग कुनै जातको कुरा प्रसङ्ग बस आयो भने उनीहरुले त पनि कति जातको कुरा गर्छस यार,मान्छे मान्छे एक हो ,खै हामिहरुले कुनै विभेद गरेका छैनौ भनेर भन्छन र अझै पनि समाजमा जरो गाडेको जातिय अहमकारी सोचलाइ नैतिक समर्थन गर्छन साथै त्यस्ता खालका विषय बाट सकेसम्म पन्छिन खोज्दछन । भनिन्छ नि अचानाको पीडा खुकुरी लाई थाहा हुदैन भने जस्तै जातकै कारण उनिहरुलाइ कुनै पिडामा पर्न परेको छैन , त्यसकारण वास्तविक रुपमै पीडा बोध हुने कुरा भएन ।

अझैपनी हामिले भन्दै गरेको शिक्षित समाजमा सानो जात भएकै कारणले नबराज विकहरु मारिनु पर्दछ । जात सानो भएकै कारण बोक्सीको आरोप लगाइ मारिन्छ । जात सानो भएकै कारण अजित मिजार हरुको लासले न्याय पाउदैन । जात सानो भएकै कारण सामाजिक बहिषकारण गरिन्छ । जात सानो भएकै कारण मन्दिर प्रबेस गर्न रोक लगाइन्छ । अब भन्नुस साथीहरू कुनै थर बोकेकै आधारमा दोस्रो दर्जाको मान्छे ठान्ने समाजमा जातको कुरा नगरौ त ?

कतिपय साथिहरुले यस्तो जातको कुरा नगरौ यस्ले सामाजिक सद्भाव भडकिन्छ, बिग्रन्छ, दोन्द पैदा हुन्छ भन्नू हुन्छ । अरेयार छोडदिनुस कुनै थर बोकेकै आधारमा उचनिच ठान्ने जातिय अहमकार रुपि सामाजिक सद्भाव भडकिन दिनुस, मान्छेलाइ मान्छेको व्यबहार नगर्ने सामाजिक सम्रचना किन चाइयो। अब जातिय स्तरिकरण को सामाजिक सम्रचना भत्काएर नया सिरा बाट सामाजिक सम्रचनाको निर्माण गरौ ।

एकपटक नेपालमा जातिय क्रुर इतिहास लाई सम्जाउन चाहन्छु । जात ब्यबस्थाको इतिहास लाई हेर्दा पैतिस सयौ बर्स भन्दा अगाडि देखिनै भएपनी खास गरि मल्लकालमा तत्कालीन शासकको स्वार्थ अनुसार जयस्थिमल्ल ले हुन्दु धर्मको धार्मिक ग्रन्थ बेद र मनुस्मृतीमा भएको चार जात ( ब्राह्मण ,क्षेत्री ,बईश ,सुद्र ) को ब्यबस्थामा टेक्दै कामका आधारमा विभिन्न जातमा बिभाजन गरियो र यश ब्यबस्थालाइ अनुलङ्गनिय अर्थात उलंघन गर्न नहुने गरि शासक हरुले अगाडि बढाए,त्यसै गरि १९०३ मा राणा शासनको उदय भयो र जङ्ग बहादुर राणाले १९१० मा मुलुकी ऐन मार्फत जात ब्यबस्था लाई थप कडाइ गरि कठोर कानुन बनाएर लागू गरे ।

यसरी समाजमा सुद्र बर्ग लाई समाजको सबैभन्दा पिधमा राखी अत्यन्त कठोर ढंगले दनन र विभेद बाट प्रताडित गरियो , फलस्वरूप उनिहरु समाजमा सबैभन्दा कमजोर बनाइए । बलियो रुपमा जरो गाडेको जातिय स्तरिकरण को सम्रचनाले कथित दलित जातिहरुलाइ उठन दिएन । उनिहरुलाइ सामाजिक, शैक्षिक ,आर्थिक र राजनैतिक रुपमा बहिस्कृत र पछाडि परियो । यसरी कुनै शासकले आफ्नो स्वार्थको लागि बनाएको जातिय ब्यबस्थालाई जरै देखि उखेलेर फाल्न अब हामिले हिम्मत गर्नै पर्दछ ।

हामिहरुले (दलित/गैर दलित) मिलेर विभिन्न ब्यबस्था फाल्यौ । अनि कुनै थर बोकेकै आधारमा कसैलाई विभेद गर्नु हुदैन ,कुनै थर बोकै आधारमा कोहि सानो वा ठूलो हुदैन भन्ने कुरा सैद्धान्तिक रुपमा (दलित/गैर दलित ) ले महसुस गरि कानुनी रुपमा हटाउन विभिन्न कानुनी ब्यबस्था तथा घँषणा हरु भएका छन । जस्तै :- राजा महेन्द्र ले ल्याएको मुलुकी ऐन २०२०, नेपाल अधिराज्यको संविधान२०४७, नेपालको अन्तरिम संविधान २०६३, जातीय छुवाछूत तथा कसुर ऐन २०६८ र नेपालको संविधान २०७२ सम्म आइपुग्दा कागजी र कानुनी रुपमा छुवाछूत ब्यबस्थाको अन्त्य हुने कुरा लेखियो र जातिय छुवाछूत जस्तो जघन्य अपराध गरेमा कानुनी कार्वाही हुने कुराको पनि ब्यबस्था भएको छ । साथै राज्यले पछाडि पारेका समुदाय लाई अगाडि बढाउन बिभिन ब्यबस्था गरेको छ ।

यति हुदा हुँदै पनि कागजी रुपमा जातिय छुवाछूत अन्त्य भएपनी ब्यबहारिक रुपमा हटन सकेको छैन । म सम्पुर्ण सचेत र शिक्षित साथिहरु र राज्य लाइ प्रस्न गर्न चाहन्छु अहिले को यो बैज्ञानिक युगमा मान्छेले मान्छे नठान्ने सामाजिक सम्रचना लाई बोकेर हिड्ने त ? म सम्पुर्ण सचेत र शिक्षित दलित तथा गैर दलित साथीहरू लाई पुरातन सोछ र सस्कार का विरुद्ध उत्रिन आव्हान र अनुरोध गर्न चाहन्छु ।

इतिहासमा शासक हरुको स्वार्थका निम्ति बनाएको जातिय सम्रचना रुपि बिष बृर्क्ष लाइ जरै बाट उखेलेर फालेर नया सिराबाट समजलाइ अगाडि बढाउन किन्तु परन्तु कुनै बाहना बाझी गरि ढिला गर्नु हुदैन । म दलित साथीहरू लाई भन्न चाहन्छु अबको हाम्रो आन्दोलन जात ब्यबस्थाको अन्त्य नभए सम्म रोकिनु हुदैन र कुनै थर बोकेकै आअधारमा सानो ठूलो सम्रचनाको अन्त्य गरेरै आगामी पुस्ता लाई सभ्य समजको जिम्मा लगाएर बिदा लिनु पर्छ ।

अन्त्यमा जातको कुरा गर्ने बित्तिकै आरक्षणको कुरा गर्ने र जातिय ब्यबस्था लाई न्यायोचित ठान्ने शिक्षित साथीहरूलाई भन्न चाहन्छु , हामिले आरक्षण कत्ती पनि चाहेका चाहेका छैनौ योत दलितको आवाजलाई मत्थर बनाउन राज्यले चालेको रणनीतिहो ,हामिले चाहेको भनेको ,आत्मसम्मान हो । राज्यमा न्यायोचित रुपमा समानुपातिक सामाजिक,आर्थिक,शैक्षिक र राजनैतिक अधिकार हो । म पुन भन्न चहन्छु । मानस्पटलमा भएको जातिय ब्रेन क्यासर लाई हटाऔ ,सब्य समाजको सृजना गरौ । बरु दलितलाई दिएको आरक्षण तपाईंलाई दिन तयार छौ ।

ऋषीराम विश्वकर्मा

शितगंगा-१४, अर्घाखाँची

लेखक