शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

बिक्रम रानाको ‘साँईलो’ पछिको चर्चित गीत ‘मोयाले’ बजार तताँउदै (भिडियो सहित)

गणेश बेल्बासे संगम ।
पछिल्लो समयका लोकप्रिय गायक बिक्रम रानाको ‘मोयाले’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । विगत लामो समय देखि संगीत क्षेत्रमा सक्रिय गायक रानाले आफ्नो गायन कलालाई अगाडी बढाएका छन् । पछिल्लो समय लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल समेत भएका छन् ।

नयाँ शैली तर पुरानै मिठासमा गायक विक्रम रानाको आवाज गीत संगीतमा देख्न सकिन्छ। नेपाली लोक मिठासले भरिएको बिक्रम रानाको गीत ‘साँईलो’ स्रोताको मन जित्न सफल गीत हो। त्यस पछिको अर्को गीत ‘मोयाले’ भन्ने गीत फरक स्वादमा हालै सार्वजनिक भएको छ।

नेपाली लोक संगीत मन पराउने एउटा पुस्ताको मनमा बसिसकेका यिनका पछिल्ला गीत संगित पुरानै मिठास तर नयाँ शैलीमा नयाँ पुस्ताका स्रोता माझ पुग्न पाउँदा उत्साहित बनेको गायक रानाले बताए।

‘मोयाले’ गीतमा गायक बिक्रम राना र सहिमा श्रेष्ठको आवाज रहेको छ भने दिपक शर्माको शब्द तथा संगीत रहेको छ। गीतमा शिव विकले उत्कृष्ट निर्देशन गरेका छन। उक्त गीतमा आकाश र आरुसीको मिठो अभिनय रहेको छ। यस गीतको म्युजिक भिडियोलाई ओ यस आर डिजिटले युट्युब मार्फत सार्वजनिक गरेको हो ।

कस्तो छ त भिडियो हेर्नुहोस् :