शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

नेकपा शितगंगाका अध्यक्षद्धारा क्वारेन्टिनहरुको अनुगमन

अर्घाखाँची : नेकपा शितगंगाका अध्यक्ष बशन्त श्रेष्ठ द्धारा नगरपालिकाका बिभिन्न क्वारेन्टिनहरुको अनुगमन गर्नु भएको छ । कोरोना भाइरसको माहामारीको समयमै भारत तथा बिभिन्न जोखिम क्षेत्र बाट आउनेहरुलाई शितगंगाका बिभिन्न क्वारेन्टिनमा राखिएको छ ।

अध्यक्ष श्रेष्ठले अनुगमन गर्दे यो बिपतको अबस्थामा सबै हातेमालो गर्दै यसको सामाना गर्नु पर्ने बताउनु भयो । क्वारेन्टिाइनमा बसेकाहरुलाई आत्मबल र औसला प्रदान गर्दै बिभिन्न क्वारेन्टिनमा फलफुल बितरण गर्नु भएको हो ।

शितगंगा नगरपालिका को वडा नम्बर २,३, १०,१२,१ लगायतका स्थानमा रहेका क्वारेन्टिनमा पुग्लै त्यहा भएकाहरुको हौसला बढाउदै ढुक्क सँग बस्न नआतिन अनुरोध गर्नु भयो ।

क्वारेन्टिनमा रहनेहरको खास गरि चिसोमा सुत्न पर्ने तथा लामखुट्टेको सक्मणको बढी जोखिम भएकोले त्यसको उचित ब्यवस्थापन गर्न सम्बन्धित निकायमा पहल गर्ने बताउनु भयो । सुरुबाती समयमा खानामा राम्रो ब्यवस्थापन नभएको गुनासो आए पछि नगर सचिव मणि अधिकारी लगायतको समुहले अनुगमन गरि सुझाव दिए पछि खानामा धेरै गुनासो नआएको र नास्ताको लागि बिभिन्न स्थानमा युवाहरुलार्य आर्थिक संकलन गरि ब्यवस्थापन गर्न अनुरोध गरे पछि अहिले बिभिन्न संघ सस्था तथा कल्व र ब्यतिहरुले समेत नास्ताको ब्यवस्था गरेको मा प्रससा समेत गर्नु भयो ।

यस्तै केहि वडाहरुले यात्रु उद्धारको काममा आफ्नै गाडी चलाएर भाडा उठाएर समाजसेवाको नाटक गरेको र नगरले अन्य स्थानमा भाडा तिरे पनि केही स्थानमा आफ्नै गाडी चलाएर भारतबाटआउनेहरु सँग रकम उठाएको जानकारी पाएकोले त्यो रकम नगरपालिका वा सम्बन्धित ब्यतीलाई ति नागरिकलाइ फिर्ता गर्न अनुरोध गर्ने बताउनु भयो यस्तै केही वडाले नगरपालिकाले तोकेको रकममा खाना खुवाएर क्वारेन्टिनमा बस्नेहरु सँग समेत खाना खर्च उठाएको पाएकोले यस्तो बिपतको बेला जनतालाई सहयोग गर्नु पर्ने बेला लुट्ने तर्फ लागेको भन्दै यस्तै अप्ठेरोमा सहयोग गर्न बिभिन्न सघसस्था र नेकपाले समेत नगरपालिकाको राहत कोषमा सहयोग गरेको बताउदै यो बिपतमा जनतालाई अप्ठेरो हुने गरि काम गर्न सबैमा अनुरोध गर्नु भयो ।