शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

रुकुम चाैर जहारीकाे घटनाकाे विराेधमा शितगंगाका दलित अधिकारकर्मी सडक प्रदर्शनमा

रातोप्रेस संवाददाता, शितगंगा ।

अर्घाखाँची : शितगंगा दलित एकता समाज अर्घाखाँचीले रुकुम चौरजहारीमा भएको जातीय नरसंहार र दैशैभर दलित समुदायमाथि भएको उत्पीडन अन्त्यको माग गर्दै अमराईकाे सडकमा विरोध प्रदर्शन गरिएको छ ।

उक्त विरोधसभालाई सम्बोधन गर्दै शितगंगाका दलित अधिकारकर्मीहरुले अन्तरजातीय प्रेम गरेकै कारण जाजरकोटका नवराज सुनार र उनका साथीहरुको हत्या भएको लामाे समयसम्म पनि प्रशासनले कारवाही गर्ने भरपर्दो तथ्य वाहिर ल्याउन नसकेको बताएका छन । उनले दलित समुदायमाथि भएको विभेद विरुद्ध आफूहरु सडक संघर्षमा उत्रेको बताउँदै सरकारले दोषीलाई छाविन गरि कडा कारवाही नगर्दासम्म आन्दोलनमा उत्रने बताए ।

उक्त अवसरमा जिल्ला समन्वय समिति सदश्य बलेन्द्र विश्वकर्मा, शितगंगा नगर कार्य समिति सदश्य बिष्णु परियार, राम बहादुर दर्नालले मनुस्मृतिमा आधारित सामाजिक संरचनाका कारण दलिल यूवाको हत्या हुँदा पनि सरकारले गम्भिर रुपमा नलिएको आरोप लगाए ।

उक्त विरोधसभामा शितगंगा वडा नम्बर २ कि दलित महिला सदश्य पार्वता वि.क, वडा नम्बर ४ कि महिला सदश्य लक्ष्मी सुनार, कृष्णा कुमार गहतराज,दिपेन्द्र रसाइली, सराेज परियार लगायतले बोल्दै जातीय विभेदको मुद्धा सबैको साझा समस्या भएकाले गैरदलितहरुको पनि साथ रहनुपर्ने बताए ।

प्लेकार्ड सहित अमराइकाे सडकमा उपस्थित भएकाहरुले जातीय छुवाछुत उन्मूलन दिवसको कुनै अर्थ नरहेको भन्दै सरकारले आफैले बनाएको कानुन कार्यान्वयन गर्न नसकेकोमा आपत्ति जनाए । प्रदर्शनमा रुकुम चौरजहारी र रुपन्देही देवदहमा भएको हत्यामा संलग्नलाई कानुन अनुसार कारवाहीको माग गरिएको थिए ।

आन्दाेलनलाई अझ ससक्त रुपमा अगाडि बढाउन गाेविन्द रसाइलीकाे संयाेजकतमा ९ सदशीय संघर्ष समिति गठन गरेकाे छ । कार्यक्रम शिवकला विककाे अध्यक्षता र गाेविन्द रसाइलीकाे संचालन भएकाे थियाे ।