बिहिबार, कार्तिक २९, २०८१

श्री मावि इमिलीयाले उसु खेलाडीलाई शुभकामना साथै विधाई कार्यक्रम सम्पन्न

बुद्धभुमि,कपिलवस्तु ।

कपिलवस्तु जिल्ला बुद्धभुमि नगरपालिका वडा नं ९ मा रहेको श्री मा विले उसु खेलाडी विराज सुनारलाई एक कार्यक्रम गरी बंगलादेशमा हुन गइरहेको प्रथमं दक्षिण एसियाली स्कूल कम्वाट गेम्स २०२४ मा सहभागी खेलाडीलाई एक कार्यक्रम गरी शुभकामना साथै विधाई गरेको छ।

बंगलादेशको ढाकामा आयोजित प्रथमं दक्षिण एसियाली स्कूल कम्वाट गेम्स २०२४ , १ अक्टोबर देखि ४ अक्टोबर २०२४ सम्म संचालन हुने छ । उक्त कार्यक्रममा हुने हुस्सु खेलमा ४५-४८ केजी तौलमा विराज प्रतिनिधित्व गर्ने छन । उक्त खेलमा नेपाल, भारत र बंगलादेश गरी १४३ खेलाडीहरुले सहभागीता जनाउने छन्।


कार्यक्रममा बोल्दै श्री मा विका प्रधानाध्यापक श्री दिनेश खनालले सम्पूर्ण शिक्षाक शिक्षिकाहरुको  तर्फबाट  खेलाडी विराज सुनारलाई नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा देश र आफ्नो नाम रचनका लागि अग्रिम सफलताको शुभकामना व्यक्त गर्दै विधाई गरेका छन्।

उसु खेलाडी विराज सुनारले आफ्ना मातापिता बाबुराम सुनार र माया सुनारलाई पनि यो स्तरसम्म पुर्‍याउनका लागि साथ र सहयोग पुर्‍याउनु भएकोमा धन्यवाद प्रकट गरेका छन्। साथै गुरु दत्त प्रसाद पाण्डे ,निगेश श्रेष्ठ, शोहेता काउछा र लक्ष्मी परियारलाई पनि यो यात्रामा साथ र सहयोग पुर्याउनु भएकोमा धन्यवाद प्रकट गरेका छन् ।

कार्यक्रममा प्रधानाध्यापक दिनेश खनालको अध्यक्षता रहेको  थियो भने सम्पूर्ण शिक्षक शिक्षिकाहरूको पनि उपस्थिति रहेको थियो र कार्यक्रम सञ्चालन शिक्षक खगेश्वर खनालले गर्नुभएको थियो।