
बिरपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समुह बुद्धभुमि १ कपिलवस्तुको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । समुहका अध्यक्ष रेशम बहादुर बस्नेतको अध्यक्षता तथा बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले सामुदायिक वन बनाउनका लागि धेरै उपभोक्ताको सहभागिता रहे पनि वन संरक्षणमा धेरै चुनौती रहेकाले चनाखो रहेर काम गर्न आग्रह गर्नुभयो । वनबाट भएको आम्दानी रकम र नगरपालिकाको विनियोजित रकम मिलाएर लागत सहभागितामा काम गर्नेहो भने अझ बिकास निर्माण कार्य तिब्र गतिमा र धेरै गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि वडा नं. १ का वडाध्यक्ष तथा नगर प्रवक्ता तेज बहादुर बस्नेतले बोल्दै वन समितिमा आउन तछाड मछाड गर्ने र भएपछि निष्कृय हुने प्रवृति अन्त्य गर्नुपर्ने बताउनुभयो ।
वन जंगलको विनाशले खानेपानीका मुल सुक्ने र भयावह अवस्था आउन सक्ने हुदा वन संरक्षण र संवद्र्धनलाई जोड दिनुपर्ने भनाई राख्नुभएको थियो।
सामुदायिक वनको १३औ वार्षिक साधारण सभामा कार्य समितिको प्रतिवेदन तथा कार्य प्रगति विवरण संस्थाकी सचिव रिता थापा र अध्यक्ष रेशम बस्नेतले गर्नुभएको थियो आर्थिक प्रतिवेदन कोषाध्यक्ष निर्मला बस्नेतले प्रस्तुत गर्नुभएको थियो ।
जनकल्याण सामुदायिक वन उपभोक्ता समुहका सल्लाहकार समितिका सम्योजक टान बहादुर रेश्मीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन भुवन पाण्डेले गर्नुभएको थियो ।२९४.३६ हेक्टर क्षेत्रफल रहेको वनमा हाल ५ सय ५४ कुल घरधुरी आवद्ध रहेका छन् ।
१३ औं साधारण सभाले जेहनदार र उत्कृष्ट विद्यार्थी ,खेलाडी, जेष्ठ नागरिक, र विपन्न परिवारलाई सम्मान समेत गएको थियो ।
कार्यक्रममा वडा सदस्य, विभिन्न सघं तथा सस्थाका प्रतिनिधी, राजनितिक दल, समाजसेवी, अगुवा लगायतको उपस्थिति रहेको थियो ।