
बाग्लुङ – बाग्लुङको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ ।
गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत एक ७८ हलगोरु पाल्ने किसानलाई पाँच हजारका रुपैयाँका दरले पोषणभत्ता वितरण गरेको हो ।
परम्परागत तरिकाले खेतबारी जोत्नका लागि प्रयोग गरिने गोरुलाई संरक्षण गर्दै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले आठ लाख ९० हजार रुपैयाँ पोषणभत्ता सोझै किसानको हातमा पुर्याइएको अध्यक्ष राजु थापाले बताउनुभयो ।
हलगोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि गाउँपालिकाले यसको संरक्षणका लागि कार्यक्रम अघि बढाएको हो । पालिकाले गोरु संरक्षण र मलमूत्रको उपयोगिता बढाउनका लागि पहिलो पटक यो कार्यक्रम ल्याएको अध्यक्ष थापाले बताउनुभयो । गाउँपालिकाले यस कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाइ छ ।