रातोप्रेस/ काठमाडौं ।
चर्चित गाएक तथा मोडल सम्झना लामछाने र सुन्दर खनालको स्वरमा ढुङ्गेधारा बोलको लोकदोहरी गीतको छॉयांकन भएको छ । मकवानपुर जिल्लाको चखेल स्थीत रमणीय स्थलमा छायांकन सम्पन्न भएको हो ।
जसमा पछिल्लो समयका चर्चित गीत पिरतीको खेती, मायामा भर्ना खुला छ, बर्को वाड्न देऊ, नरौ सुकु सुकु, जस्ता चर्चित गीतहरू निर्देशन कोरियोग्राफी गरेका निर्देशक समीर थोकरले गीतको निर्देशन तथा कोरियोग्राफी गरेका छन । त्यस्तै गीतको छायांकन शुशिल डाँगीले गरेका हुन् । गीतमा समीर थोकर, जुना कार्की, सुन्दर खनालले अभिनय गरेका छन ।